नेपाल राष्ट्रिय शिक्षक सङ्गठन भरतपुरको सातौँ नगर परिषद् सम्पन्न

भरतपुर, ४ साउन ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (NNTA) भरतपुर महानगर समितिको सातौँ नगर परिषद् सम्पन्न भएको छ । भरतपुर महानगरपालिका–१० स्थित सङ्गठनको आफ्नै भवनमा आयोजित परिषद् महानगर समितिका अध्यक्ष विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।

परिषद्मा सङ्गठनकी केन्द्रीय सदस्य निलिमा गोङ्वा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा पूर्व केन्द्रीय महासचिव रमाकान्त सापकोटा, बागमती प्रदेश महासचिव पूर्णबहादुर पुरी, इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ, पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यराज बराल तथा चितवन जिल्ला अध्यक्ष रामजी भण्डारीलगायतको उपस्थिति रहेको थियो ।

परिषद्मा शिक्षकहरूको पेसागत हकहित, पेसागत विकास तथा समसामयिक शैक्षिक विषयमा छलफल गरिएको थियो । साथै, शिक्षा नियमावलीको दशौँ संशोधनका विभिन्न पक्ष र यसको प्रभावकारी कार्यान्वयनबारे पनि विस्तृत छलफल भएको आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट