चेपाङ समुदायको न्वागी पर्वमा तीन जिल्लामा सार्वजनिक बिदा

भरतपुर, १८ भदौ ।

भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वका अवसरमा चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना बमोजिम तीन जिल्लामा बिदा दिइएको जनाएको छ ।

यससँगै चितवन, मकवानपुर र धादिङमा लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ। शुक्रबार कृष्ण जन्माष्टमीको बिदा परेकाले त्यसपछि शनिबार र आइतबारको नियमित बिदासहित तीन दिन बिदा हुनेछ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट