चीनको सहयोगमा राहत सामग्रीको तेस्रो खेप आइपुग्यो

काठमाडौं, १८ भदौ । चीनको सहयोगमा नेपालका लागि पठाइएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ढुवानी विमानमार्फत काठमाडौं आइपुगेको छ । त्यस्तै, चीनबाट नेपाल आएका विज्ञहरूको चौथो टोलीका रूपमा १० जना फरेन्सिक विज्ञहरू समेत सोही उडानमार्फत नेपाल आइपुगेका छन् । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री […]

भदौ २२ गते राष्ट्रिय शोक

काठमाडौं, १८ भदौ । सरकारले यही भदौ २२ गते  भोटेकोशी बाढीका कारण ज्यान गुमाएकोको सम्मान राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘रसुवाको […]

भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, १८ भदौ । सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘जेन्जी शहीद दिवस’का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । गत वर्ष भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मृतिमा यस वर्ष भदौ २३ […]

कृष्णभीरमा पहिरो पन्छाउन रुख कटान तीव्र

काठमाडौं, २८ भदौ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो पन्छाउने कार्यका लागि रुख कटान सुरु गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालका अनुसार पहिरोको दुवै छेउबाट १८ जना परिचालन गरी रुख कटानको काम भइरहेको छ । पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणहरू दुवै छेउमा तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ । रुख कटानको काम सम्पन्न हुनासाथ उपकरण […]

चेपाङ समुदायको न्वागी पर्वमा तीन जिल्लामा सार्वजनिक बिदा

भरतपुर, १८ भदौ । भदौ २२ गते सोमबार बागमती प्रदेशका तीन जिल्लामा सार्वजनिक बिदा दिइएको छ । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने न्वागी (छोनाम) पर्वका अवसरमा चितवन, मकवानपुर र धादिङमा सार्वजनिक बिदा दिएको हो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा प्रकाशित सूचना बमोजिम तीन जिल्लामा बिदा दिइएको जनाएको छ । यससँगै चितवन, […]

कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान सुरु, प्राविधिक प्रतिवेदनको प्रतीक्षा

काठमाडौं, १८ भदौ । भोटेकोसी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटान सुरु गरिएको छ । सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्रमा सडक खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन् । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार हाल २९ जना जनशक्ति परिचालन गरी […]