काठमाडौं, १८ भदौ ।
चीनको सहयोगमा नेपालका लागि पठाइएको आपतकालीन राहत सामग्रीको तेस्रो खेप चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ढुवानी विमानमार्फत काठमाडौं आइपुगेको छ ।
त्यस्तै, चीनबाट नेपाल आएका विज्ञहरूको चौथो टोलीका रूपमा १० जना फरेन्सिक विज्ञहरू समेत सोही उडानमार्फत नेपाल आइपुगेका छन् ।
नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन राहत सामग्री हस्तान्तरण समारोहमा सहभागिता भएका थिए ।
राहत सामग्रीमा नेपालमा तत्काल आवश्यक रहेका शव संरक्षण र महामारी रोकथामसम्बन्धी सामग्री तथा दैनिक उपभोगका आवश्यक वस्तुहरू समावेश भएको बताइएको छ ।




