भदौ २२ गते राष्ट्रिय शोक

काठमाडौं, १८ भदौ ।
सरकारले यही भदौ २२ गते  भोटेकोशी बाढीका कारण ज्यान गुमाएकोको सम्मान राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने र सो दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

‘रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मानस्वरुप उक्त घटना भएको १३ औं दिनको पुण्यतिथीको दिन अर्थात् भदौ २२ गते सोमबार राष्ट्रिय शोक मनाउने । उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने,’ निर्णयबारे जानकारी दिँदै प्रवक्ता पोखरेलले भने ।

तर, उक्त दिन सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ । राष्ट्रिय शोक मनाउने निर्णय भए पनि सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयकी सूचना अधिकारी तथा उपसचिव रमा आचार्य सुवेदीले जानकारी दिइन् ।

‘मन्त्रिपरिषद्ले भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । तर, यो दिन सार्वजनिक बिदा छैन,’ उनले भनिन्, ‘भदौ २३ गते जेनजी शहीद दिवसको दिन भने सार्वजनिक बिदा दिइएको छ ।’

सरकारले भदौ २३ गते भने सार्वजनिक बिदा दिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट