भदौ २३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, १८ भदौ ।
सरकारले आगामी भदौ २३ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ‘जेन्जी शहीद दिवस’का अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

गत वर्ष भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको स्मृतिमा यस वर्ष भदौ २३ गते शहीद दिवस मनाउने र सोही अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारले उक्त दिन देशभरका सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकाय बन्द रहने जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट