कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान सुरु, प्राविधिक प्रतिवेदनको प्रतीक्षा

काठमाडौं, १८ भदौ ।
भोटेकोसी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक पुनः सञ्चालनका लागि रुख कटान सुरु गरिएको छ ।

सडक भासिएपछि अवरुद्ध बनेको उक्त क्षेत्रमा सडक खुलाउन निर्माण व्यवसायीले आवश्यक तयारी थालेका हुन् । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की योजना प्रमुख सजना अधिकारीका अनुसार हाल २९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटान भइरहेको छ ।

सडक मर्मत तथा पहिरो व्यवस्थापनका लागि जियोटेक्निकल टोलीसमेत कार्यस्थलमा खटाइएको छ । नेपाल जियोटेक सोसाइटीले कृष्णभीर क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको छ ।

सोसाइटीले आज बिहीबार बेलुकीसम्म सडक खुलाउने प्रक्रियासम्बन्धी नक्साङ्कन (ड्रइङ) सहितको प्राविधिक प्रतिवेदन बुझाउने तयारी गरेको अधिकारीले जानकारी दिनुभयो । प्रतिवेदन प्राप्त भएपछि पहिरो पन्छाउने तथा सडक सञ्चालनमा ल्याउने काम औपचारिक रूपमा अघि बढाइनेछ ।

हाल निर्माण व्यवसायी र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सडक खुलाउन आवश्यक पूर्वतयारीलाई तीव्रता दिएका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट