लेट्स टकको पहिलो मञ्चमा उदित र मेनकाको कवितावाचन

भरतपुर, २३ साउन ।
लेट्स टकको ९६ ओैं शृङ्खलामा कवि उदितप्रकाश सिग्देल र मेनका चापागाईंले कवितावाचन गरेका छन् ।
शुक्रबार भरतपुरस्थित होटल अशोकामा आयोजित कार्यक्रममा कविद्वयले कविता प्रस्तुत गरेका हुन् ।

`पहिलो मञ्च´ शीर्षकको कवितावाचन कार्यक्रममा दुबै कविलाई कविता सुनाउन भनेर पहिलोपटक मञ्चमा राखिएको लेट्स टकका संयोजक आकाश पौडेलले बताए । कविद्वयसँग लेखराम सापकोटाले `कविता – वार्ता´ पनि गरेका थिए । वार्ता सँगसँगै कविद्वयले १०/१० वटा कविता प्रस्तुत गरे ।

कार्यक्रमको सुरुमै कवि मेनका चापागाईंले मनको अदालत शीर्षकको कविता सुनाइन् । नारायणगढ निवासी चापागाईं पुल्चोक बचत तथा ऋण सहकारी संस्था नारायणगढकी अध्यक्ष हुन् । उनले त्यसपछि तिम्रो विचार बदल, म यसरी एक्लो भएँ, वर्तमानको ऐना, अंशवण्डा, ऊनीसँगको वार्ता, जीवनचक्र, तिमी नभएको शहर, तुलना र फुल्नेछ जिन्दगी शीर्षकका कविता प्रस्तुत गरिन् ।

त्यस्तै कवि उदितप्रकाश सिग्देलले माया, प्रश्न, उनका डल्लाहरु, ऐना, अहम्, परिचय, बुद्ध र बन्दुक, म फर्की आएको छु, झोला र म गरी १० वटा कविता सुनाए । सिग्देल कृषि तथा वन विश्वविद्यालय रामपुरका सहप्राध्यापक हुन् ।

कार्यक्रममा संवादका क्रममा दुबै कविले विद्यालय समयदेखि नै कविता लेख्न थालेको बताए । सापकोटासँगको कुराकानी क्रममा दुबैजना कविले आफूहरू कृति प्रकाशनको तयारीमा जुटेको पनि बताए । नेपाली लेखक सङ्घ चितवनकी अध्यक्ष शान्ति शर्माले दुबै कविलाई पहिलोपटक सुनेको भए पनि कविताहरु भने अब्बल रहेको प्रतिक्रिया दिइन् । अभिव्यञ्जना साहित्य परिषद्की अध्यक्ष विद्या भण्डारी चिरागले कविद्वयलाई मायाको चिनोस्वरुप `चस्मा´ कवितासङ्ग्रह उपलब्ध गराइन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट