लेट्स टकको पहिलो मञ्चमा उदित र मेनकाको कवितावाचन

भरतपुर, २३ साउन । लेट्स टकको ९६ ओैं शृङ्खलामा कवि उदितप्रकाश सिग्देल र मेनका चापागाईंले कवितावाचन गरेका छन् । शुक्रबार भरतपुरस्थित होटल अशोकामा आयोजित कार्यक्रममा कविद्वयले कविता प्रस्तुत गरेका हुन् । `पहिलो मञ्च´ शीर्षकको कवितावाचन कार्यक्रममा दुबै कविलाई कविता सुनाउन भनेर पहिलोपटक मञ्चमा राखिएको लेट्स टकका संयोजक आकाश पौडेलले बताए । कविद्वयसँग लेखराम सापकोटाले `कविता […]

‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार’ शान्ता अधिकारीलाई 

चितवन, २३ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस चितवनले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२५ ’ पत्रकार शान्ता अधिकारीलाई प्रदान गरेको छ । २२औं वार्षिकोत्सवको अवसरमा एक्सपर्टले २५ हजार १११ रुपैयाँ राशीको शिक्षा पत्रकारिता पुरस्कार अधिकारीलाई प्रदान गरेको हो । वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्त […]

सानिमा – रिलायन्स र नारायणी सामुदायिक हस्पिटलबीच उपचार सेवामा सहुलियत सम्झौता

चितवन, २३ साउन । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स  र नारायणी सामुदायिक हस्पिटल प्रा. लि. चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे  र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । सानिमा रिलायन्स लाईफ […]

चितवनका ४५ वटा शैक्षिक परामर्शदाता संस्थाहरू बन्द गर्न निर्देशन

चितवन, २३ साउन । शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका चितवनका ४५ वटा संस्थाहरू बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी प्रकाश […]