सानिमा – रिलायन्स र नारायणी सामुदायिक हस्पिटलबीच उपचार सेवामा सहुलियत सम्झौता

चितवन, २३ साउन ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स  र नारायणी सामुदायिक हस्पिटल प्रा. लि. चितवन बीच स्वास्थ्य उपचार सेवामा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे  र अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष डा. भक्तमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्ससँग आवद्ध, देशभरका विमित, अभिकर्ता, कर्मचारीहरुले उपचारमा १०% सम्म सहुलियतको व्यवस्था सहित सम्झौता भएको कम्पनी क्षेत्र प्रबन्धक इशा प्रधानले जानकारी दिनुभयो ।
इन्स्योरेन्स कम्पनीसँग सहकार्य गरी स्वास्थ्य सहुलियत दिन पाउँदा अस्पताल प्रशासन खुसी रहेको र आवश्यकता अनुसार थप सहयोग गर्न सकिने अध्यक्ष डा. भक्तमान श्रेष्ठले बताउनुभयो । सम्झौता हस्ताक्षर गरेकै मितिबाट लागू भई दुई वर्ष अवधिसम्म कामय हुनेछ ।
क्षेत्र प्रबन्धक इशा प्रधानको समन्वयमा भएको सम्झौता कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक विष्णु कुँवर , म्यानेजर अरूण लम्साल, इन्स्योरेन्स कम्पनीका मार्केटिङ अफिसर प्रदीप पराजुलीको उपस्थिति रहेको थियो
bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट