जन्मदिनमा प्रवासबाट विद्यार्थीलाई मुना र युवामञ्च उपहार

गैंडाकोट, २९ फागुन ।
गैंडाकोट–७ गैरी, शीतलनगर निवासी सुधन सापकोटाको आज जन्मदिन परेको छ । हाल रोजगारीका सिलसिलामा उहाँ नर्वेमा बसोबास गर्दै आउनुभएको छ । जन्मदिनको अवसर पारेर प्रवासमै रहेर पनि उहाँले आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराउने उदार पहल गर्नुभएको छ ।


सापकोटाले प्राथमिक तह अध्ययन गरेको श्री नारायणी माध्यमिक विद्यालयका करिब ३०० जना विद्यार्थीलाई मुना र युवामञ्च पत्रिका वितरण गरिएको छ । साथै विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चित्र बनाउन तथा रङ भर्नका लागि ‘कलर सेट’ समेत उपलब्ध गराइएको छ ।

उहाँका भाइ दया सापकोटा र सम्पूर्ण किताब नारायणगढका सञ्चालक लेखराम सापकोटाको समन्वयमा उक्त सामग्री शुक्रबार बिहान प्रधानाध्यापक मिलन श्रेष्ठलाई उपलब्ध गराइएको छ ।

विद्यालयका नेपाली विषय प्रमुख गोविन्द रिमालका अनुसार विद्यार्थीलाई मुनालगायतका पढ्ने सामग्री उपलब्ध गराउँदा पठन संस्कृतिको विकास हुनुका साथै उनीहरूमा सिर्जनात्मक क्षमताको पनि वृद्धि हुन्छ ।

नवलपरासी र चितवन क्षेत्रमा जन्मदिनका अवसरमा विद्यार्थीलाई पुस्तक तथा शैक्षिक सामग्री वितरण गर्ने सकारात्मक अभ्यास क्रमशः बढ्दै गएको छ । सम्पूर्ण किताब नारायणगढको पहलमा विशेषगरी गोरखापत्र संस्थानबाट प्रकाशित हुने मुना, युवामञ्च, मधुपर्कसँगै बालकथा, जीवनी, उपन्यास तथा प्रेरणादायी किताबहरू विद्यार्थीलाई उपलब्ध गराउने गरिएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट