रत्ननगरको किसान दाना उद्योगको पर्खाल भत्किँदा ३ मजदुरको मृत्यु

रत्ननगर, २९ असोज ।
रत्ननगर-१२ मा रहेको किसान दाना उद्योगको पर्खाल भत्किँदा त्यहाँ कार्यरत ३ जना मजदुरको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घटनापछि घाइतेहरूलाई तत्कालै भरतपुरको नयाँ मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा ३ जनाको मृत्यु भएको र २ जना घाइतेको उपचार भइरहेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डीएसपी सुवास भट्टले जानकारी दिए ।

डीएसपी भट्टका अनुसार, बुधबार बिहान करिब १० बजे उक्त उद्योगको पर्खाल भत्किँदा मजदुरहरू भत्किएको पर्खालमुनि पुरिएका थिए । मृत्यु हुनेमा खैरहनी-२ का ४५ वर्षीय शुकराम दराई, गोरखा घर भई रत्ननगर-१२ मा बस्ने ५४ वर्षीय रेशम दमाई र रत्ननगर-१२ कै ४५ वर्षीय कमल गुरुङ रहेका छन् । यस्तै, घाइते हुनेमा पर्सा घर भई रत्ननगर-१२ मा बस्ने ३९ वर्षीय जितेन्द्र महतो र पर्सा घर भई रत्ननगर-१२ मा बस्ने ४० वर्षीय अंकजप्रसाद थारु रहेका छन् ।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उद्योगको पुरानो संरचना वा अन्य प्राविधिक समस्याले यस्तो भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । मृतक र घाइतेका परिवारजनलाई सम्पर्क गरी आवश्यक सहयोगको व्यवस्था गर्ने तयारी भइरहेको डीएसपी भट्टले बताए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट