चितवनका युवा व्यवसायी लामिछाने नेपाल भारत मैत्री अस्पतालको शैक्षिक निर्देशक नियुक्त

काठमाडौं, २२ साउन ।

नेपाल भारत मैत्री अस्पताल (शिक्षण कलेज) को शैक्षिक निर्देशकमा चितवनका युवा व्यवसायी महेश लामिछाने नियुक्त भएका छन् । कलेजले लामिछानेलाई बुधवार शैक्षिक निर्देशकमा नियुक्त गरेको हो ।

लामिछानेको नियुक्ती सँगै अस्पतालले शैक्षिक क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास रहेको अध्यक्ष पवन पाठकले विश्वास व्यक्त गरे । लामो समयदेखि चितवनमा रहेर व्यवसाय गर्दै आएका लामिछानेले अस्पताललाई नयाँ उचाईमा लैजाने योजना रहेको सुनाए ।

अस्पतालले यसै वर्ष मात्रै सिटीईभिटी अन्तर्गतको ३ वर्षे स्टाफ नर्स, सामान्य चिकित्सा (एचए) र फार्मेसीका लागि सम्बन्धन प्राप्त गरेको छ । अहिले धमाधम आवेदन फारम भर्ने काम भईरहेको नवनियुक्त शैक्षिक निर्देशक लामिछानेले बताए । एसईई दिएर बसेका विद्यार्थीहरुले साउन २६ गतेसम्म फारम भर्न सक्ने उनले जानकारी दिए ।

प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताउँदै लामिछानेले सिप मुलक शिक्षा अध्ययन गर्न विद्यार्थीहरुलाई उनले आग्रह पनि गरे । एक सय शैयाको अस्पातल काठमाडौंको मित्रपार्कमा रहेको छ भने कलेज हाँडीगाँउमा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट