एसओएस अन्तर विद्यालाय हाजिरीजवाफ प्रतियोगितामा ओमशान्ति एकेडेमी प्रथम

चितवन, ८ असार ।
३९ औँ एसओएस दिवसको अवसरमा आयोजित १९औँ अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा ओमशान्ति एकेडेमी प्रथम भएको छ । त्यसैगरी उक्त प्रतियोगिताको द्वितीय स्थान प्रेरणा इङ्लिस स्कुलले प्राप्त गरेको छ भने डेजी इङ्लिस स्कुलले तृतीय स्थान हासिल गरेको छ ।

जिल्लाभरिका ५९ विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम एसओएस हर्मन माइनर विद्यालय भरतपुरका प्रधानाध्यापक खिलबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । सहायक प्रधानाध्यापक मनोज क्षेत्रीले समन्वय गर्नुभएको उक्त कार्यक्रममा एसओएस बालग्राम भरतपुरका निर्देशक राजेन्द्र लम्साल प्रमुख अतिथि रहनुभएको थियो ।

शिक्षक अभिभावक सङ्घका अध्यक्ष नारायणप्रसाद न्यौपाने अतिथिका रुपमा रहनुभएको उक्त कार्यक्रममा पहिलो चरणको प्रतियोगिताबाट सर्वोच्च अङ्क प्राप्त गर्ने ६ वटा समूहहरू दोस्रो चरणमा प्रवेश गरेका थिए । विजयी प्रथम, द्वितीय र तृतीयलाई प्रमाणपत्रसहित नगद पुरस्कार क्रमश: १० हजार, ८ हजार र ६ हजार प्रदान गरिएको छ भने ओमशान्ति एकडेमीले च्याम्पियन ट्रफी समेत प्राप्त गरेको छ ।

कार्यक्रमको बीचमा गत शैक्षिक सत्रका कक्षा १ देखि ११ सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने कुल ७१ जना विद्यार्थीहरूलाई प्रमाणपत्र तथा ट्रफी समेत वितरण गरिएको थियो । ३९ औ एसओएस दिवसको अवसरमा एसओएस युवालय भरतपुरको समन्वयमा शनिबार खुला रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको युवालयका प्रमुख कुसुम गिरीले जानकारी दिनुभयो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट