भरतपुरमा बिसिए प्राइड लिग टी-२० क्रिकेट हुने

चितवन, ४ असोज ।

भरतपुरमा असोज १६ गतेदेखि बिसिए प्राइड लिग टी-२० क्रिकेट हुने भएको छ । भरतपुर स्पोर्ट्स क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

भरतपुर ५ स्थित भरतपुर स्पोर्ट्स क्लबको मैदानमा असोज २२ गतेसम्म हुने प्रतियोगितामा ५ टिम सहभागी हुनेछन् । प्रतियोगितामा भरतपुर बुल्स, माडी टाइगर्स, कालिका लिओपार्ड्स, सौराहा स्याण्ड्स र राप्ती घलियाल्स गरी ५ टिम सहभागी छन् ।

५ वटै टिमको मार्की खेलाडी पनि चयन भईसकेका छन् । जस अनुसार भरतपुरको मार्की खेलाडीमा रोशन झा, माडीको शिव कंडेल, राप्तीको सन्तोष न्यौपाने, कालिकाको सन्देश सुवेदी र सौराहाकोमा रिजन काफ्ले रहेका छन् । यस्तै प्रतियोगिताका लागि आज नै अक्सन भएको छ ।

अक्सनमा ७५ खेलाडी रहेकोमा सबै खेलाडी बिक्री भएका छन् । अक्सनमा ए, बी, सि र डि गरी चार क्याटगोरी छुट्टाईएको थियो । यो प्रतियोगिताले स्थानीय खेलाडीहरुलाई एक्स्पोजर प्रदान गर्ने क्लबका अध्यक्ष दीपेश श्रेष्ठले बताए । भरतपुर महानगरपालिका ५ को कार्यालय प्रतियोगिताको सह आयोजकको रुपमा रहेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library