बालेन सवार जहाज विश्वकै सर्वाधिक ट्र्याक, एकैपटक २ हजार २१५ जनाले हेरे उडान

काठमाडौं, ६ मङ्सिर ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा निस्किएसँगै उनको उडानले अन्तर्राष्ट्रिय स्तरमै असाधारण ध्यान खिचेको छ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमानबाट दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री सवार जहाज विश्वकै सर्वाधिक ट्र्याक गरिएको उडान बनेको हो ।

उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार२४का अनुसार प्रधानमन्त्री सवार जहाजलाई एकैपटक २ हजार २१५ जनाले प्रत्यक्ष अवलोकन गरेका थिए । यससँगै बालेनको भारत भ्रमणले राजनीतिक वृत्तसँगै अन्तर्राष्ट्रिय उड्डयन क्षेत्रमा समेत चर्चा पाएको छ ।

प्रधानमन्त्री बालेन दिउँसो २ बजे नेपाल वायुसेवा निगमको नियमित उडान आरए २१७ मार्फत दिल्ली प्रस्थान गरेका हुन् । भीभीआईपी उडान भएकाले ककपिटमा तीन जना पाइलटको व्यवस्था गरिएको थियो । उडानका क्रममा सुरक्षा जाँच तथा सञ्चालनमा विशेष सतर्कता अपनाइएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट