बालेन सवार जहाज विश्वकै सर्वाधिक ट्र्याक, एकैपटक २ हजार २१५ जनाले हेरे उडान

काठमाडौं, ६ मङ्सिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा निस्किएसँगै उनको उडानले अन्तर्राष्ट्रिय स्तरमै असाधारण ध्यान खिचेको छ । नेपाल वायुसेवा निगमको न्यारोबडी विमानबाट दिल्ली प्रस्थान गरेका प्रधानमन्त्री सवार जहाज विश्वकै सर्वाधिक ट्र्याक गरिएको उडान बनेको हो । उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटराडार२४का अनुसार प्रधानमन्त्री सवार जहाजलाई एकैपटक २ हजार २१५ जनाले प्रत्यक्ष अवलोकन गरेका […]

नारायणी महोत्सवमा सोमबार कुमा सागर एण्ड द ख्वपाको कन्सर्ट हुने

चितवन, ६ मंसिर । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा भोलि मंसिर ७ गते चर्चित नेपाली सांगीतिक समूह कुमा सागर एण्ड द ख्वपाको विशेष लाइभ कन्सर्ट आयोजना हुने भएको छ । साँझ ५ बजेपछि ९ बजेसम्म उक्त कन्सर्ट हुने । महोत्सवमा दिनदिनै नारायणी कला मन्दिर नारायणगढको विभिन्न प्रस्तुति तथा आदिवासी […]

प्रधानमन्त्री शाह भारत प्रस्थान, ८७ सदस्यीय टोली पनि भ्रमणमा सहभागी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा सरकार र निजी क्षेत्रका गरी ८७ जना सहभागी छन् । भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री […]

दुई महिनादेखि नारायणी किनारमा अलपत्र ‘राइनो क्रुज’, टुक्राएर हटाउने तयारी

चितवन, ६ मङ्सिर । नारायणी नदी किनारमा दुई महिनादेखि ‘राइनो क्रुज’ बेवारिसे अवस्थामा अलपत्र परेको छ । गत असोज ११ गते आएको बाढीले बगाएर गैँडाकोटतर्फ पुर्‍याएको क्रुज नदीको पिल्लरमा अड्किएको थियो । त्यतिबेला चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले क्रेन लगाएर ‘हुरुरु’ क्रुज तान्ने र तत्कालै निकाल्ने अभिव्यक्ति दिएका थिए । तर, प्रशासनले क्रेन प्रयोग […]