प्रधानमन्त्री शाह भारत प्रस्थान, ८७ सदस्यीय टोली पनि भ्रमणमा सहभागी

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने औपचारिक भ्रमणका लागि आइतबार भारत प्रस्थान गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिउँसो १ः४५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा सरकार र निजी क्षेत्रका गरी ८७ जना सहभागी छन् । भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकार तथा उच्च सरकारी अधिकारीहरू सहभागी छन् ।

त्यस्तै, निजी क्षेत्रबाट उद्योगी तथा व्यवसायीहरूको ५२ सदस्यीय टोली पनि प्रधानमन्त्रीसँगै भारत गएको छ । उक्त टोलीले भ्रमणको खर्च आफैँ व्यहोर्नेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ ।

दुई देशका प्रधानमन्त्रीबीचको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, कनेक्टिभिटी तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन तथा मानव संसाधन विकासका क्षेत्रमा विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने तयारीसमेत छ ।

प्रधानमन्त्री शाह सोमबार साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमकै नियमित उडानबाट स्वदेश फर्किने कार्यक्रम छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट