तीनदिने कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, ४२ हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं, ७ मङ्सिर ।
काठमाडौंको भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३ सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रदर्शनी ४२ हजार १४९ जनाले अवलोकन गरेको आयोजकले जनाएको छ ।

कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को आयोजनामा भएको प्रदर्शनीमा नेपालसहित भारत, चीन र युरोपेली मुलुकका ९२ प्रदर्शकका १४४ स्टल राखिएका थिए ।

प्रदर्शनीमा आधुनिक कृषि मेसिनरी, कृषि ड्रोन, सिँचाइ प्रविधि, हरितगृह, कृषि प्रशोधन, ट्र्याक्टर तथा अन्य नवीन प्रविधि प्रदर्शन गरिएको थियो ।
किसानहरूले उपकरणको विशेषता, मूल्य, प्रयोग विधि र उपयोगिताबारे प्रत्यक्ष जानकारी लिएका थिए ।

अन्तिम दिन सभामुख डीपी अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पनि प्रदर्शनीको अवलोकन गरेका थिए । स्वदेशी कृषि उपकरण उत्पादनलाई प्रोत्साहन गर्न ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अन्तर्गतका कम्पनीलाई स्टल भाडामा ६० प्रतिशत छुट तथा १७ स्वदेशी उत्पादकलाई निःशुल्क स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट