भरतपुर, ७ मङ्सिर ।
आदर्श गृह नेपाल, भरतपुर–५ वैदिकनगरको आश्रय भवन निर्माण तथा अक्षयकोष स्थापनार्थ आयोजित महायज्ञमा पोखरेल परिवारले ७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ ।
भरतपुर–५ निवासी हरिप्रसाद पोखरेल, चन्द्रमा पोखरेल र छोरा सुनिल पोखरेलको परिवारले ‘श्रीमद्भागवत सप्ताह विराट ज्ञानमहायज्ञ–२०८३’ मा उक्त रकम सहयोग गरेको हो। आयोजकका अनुसार यो महायज्ञमा हालसम्म प्राप्त दानमध्ये दोस्रो ठूलो रकम हो ।
सामाजिक सेवामा सक्रिय पोखरेल परिवारले यसअघि भोटेकोसी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा करिब आठ लाख रुपैयाँसमेत जम्मा गरेको थियो ।
महायज्ञबाट संकलित रकम आश्रय गृहको पूर्वाधार विकास र संस्थागत दिगोपनका लागि अक्षयकोष स्थापनामा खर्च गरिने आयोजकले जनाएको छ ।




