आठवटै एनपीएल क्लबका लागि क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौं, ५ मङ्सिर ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् ।
एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले आठवटै क्लबका लागि छुट्टाछुट्टै घरेलु मैदान निर्माण गर्ने योजना सार्वजनिक गरेका हुन् ।

सरकारले नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने लक्ष्यसहित रंगशाला निर्माण गर्न लागेको जनाएको छ । प्रधानमन्त्री शाहका अनुसार आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण सम्झौता सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

कुन क्लबको रंगशाला कहाँ ?
१. विराटनगर किंग्स — बैजनाथपुर क्रिकेट रंगशाला
२. लुम्बिनी लायन्स — सिद्धार्थ क्रिकेट रंगशाला
३. कर्णाली याक्स — सुर्खेत क्रिकेट रंगशाला
४. सुदूरपश्चिम रोयल्स — फाप्ला क्रिकेट रंगशाला
५. काठमाडौं गुर्खाज — कीर्तिपुर क्रिकेट मैदान
६. पोखरा एभेन्जर्स — पोखरा क्रिकेट रंगशाला
७. जनकपुर बोल्ट्स — रामजानकी क्रिकेट रंगशाला
८. चितवन राइनोज — गौतमबुद्ध क्रिकेट रंगशाला

प्रधानमन्त्री शाहका अनुसार क्रिकेट रंगशाला निर्माणको जिम्मेवारी नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयले लिनेछ । फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया भने अघि बढिसकेको छ ।

सरकारको यो योजनासँगै एनपीएलका क्लबले आफ्नै घरेलु मैदानमा खेल्ने अवसर पाउने अपेक्षा गरिएको छ । होम एन्ड अवे प्रणाली लागू भएपछि देशका विभिन्न सहरमा क्रिकेट प्रतियोगिता सञ्चालन हुनुका साथै स्थानीय स्तरमा क्रिकेटको विकास र खेल पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सुदूरपश्चिमले जित्यो उपाधि

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ ।

साविक च्याम्पियन लुम्बिनी लायन्स उपविजेता बनेको छ ।

विजेता सुदूरपश्चिमले १ करोड ५० लाख प्राप्त गर्दा उपविजेता बनेको लुम्बिनीले ८० लाख हात पार्‍यो ।

अन्य विधामा कसले के जिते ?

– सर्वोत्कृष्ट नेपाली खेलाडी: रिजन ढकाल (चितवन), कार पुरस्कार

– प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी: दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम), ५ लाख रुपैयाँ

– प्लेयर अफ द फाइनल: जर्ज मुन्सी (सुदूरपश्चिम)

– सिल्भर क्याप अवार्ड: युवराज सिंह साम्रा (पोखरा)

– इमर्जिङ प्लेयर अफ द इयर: राहुल यादव (जनकपुर)

– उत्कृष्ट बलर: रिजन ढकाल (चितवन) मोटरसाइकल विजेता

– उत्कृष्ट नेपाली ब्याटर: लोकेश बम, मोटरसाइकल

– एनर्जेटिक प्लेयर: कमिल मिश्रा (चितवन)

 

 

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट