बिदाको दिन नारायणी महोत्सवमा दर्शकको भीड, नदी किनारमा चहलपहल

चितवन, ५ मङ्सिर ।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी नारायणी महोत्सवको तेस्रो दिन शनिबार दर्शकको उल्लेख्य भीड लागेको छ । मंसिर ३ गतेदेखि सुरु भएको महोत्सवमा शनिबार बिदाको दिन परेकाले बालबालिका, युवायुवती तथा परिवारसहित घुम्न आउने दर्शकको चहलपहल बढेको हो ।

रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी महासंघ जिल्ला समन्वय परिषद् चितवनको सहआयोजनामा सञ्चालन भइरहेको महोत्सव मंसिर १८ गतेसम्म चल्नेछ ।

महोत्सवको प्रवेशद्वारमा निर्माण गरिएको आकर्षक पिरामिड शैलीको संरचना दर्शकको आकर्षण बनेको छ । त्यहाँ फोटो तथा भिडियो खिच्नेहरूको भीड देखिन्छ। महोत्सवमा जिरो ग्र्याभिटी राइड, ३६० डिग्री रोटेपिङलगायत मनोरञ्जनात्मक खेल तथा विभिन्न गतिविधि सञ्चालन गरिएका छन् ।

त्यसैगरी, महोत्सव परिसरमा व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विभिन्न खानाका परिकार राखिएका छन् ।

नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुरसहित समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, होटल तथा रेस्टुरेन्ट व्यवसायको विकास र स्थानीय कला, संस्कृति तथा प्रतिभाको संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बाढीका कारण अस्तव्यस्त बनेको नारायणी नदी किनारलाई आयोजकले आफ्नै लगानीमा सम्याएर महोत्सव सञ्चालन गरेको जनाएको छ । महोत्सवलाई सुरक्षित र व्यवस्थित बनाउन सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको छ ।

महोत्सव प्रवेशका लागि साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ । विशेष कन्सर्ट आयोजना हुने दिन साँझ ५ बजेदेखि राति ९ बजेसम्म कन्सर्ट क्षेत्र प्रवेशका लागि साधारण टिकट ३०० रुपैयाँ र भिआइपी टिकट ५०० रुपैयाँ तोकिएको छ । कन्सर्ट क्षेत्रमा प्रवेश नगरी महोत्सव अवलोकन गर्न चाहनेले भने नियमित टिकटमै प्रवेश पाउनेछन् ।

आयोजकले महोत्सव अवलोकन गरी सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट