आठवटै एनपीएल क्लबका लागि क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौं, ५ मङ्सिर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेका छन् । एनपीएल विजेता सुदूरपश्चिम रोयल्सलाई बधाई दिँदै प्रधानमन्त्री शाहले आठवटै क्लबका लागि छुट्टाछुट्टै घरेलु मैदान निर्माण गर्ने योजना सार्वजनिक गरेका हुन् । सरकारले नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि होम […]

बिदाको दिन नारायणी महोत्सवमा दर्शकको भीड, नदी किनारमा चहलपहल

चितवन, ५ मङ्सिर । चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी नारायणी महोत्सवको तेस्रो दिन शनिबार दर्शकको उल्लेख्य भीड लागेको छ । मंसिर ३ गतेदेखि सुरु भएको महोत्सवमा शनिबार बिदाको दिन परेकाले बालबालिका, युवायुवती तथा परिवारसहित घुम्न आउने दर्शकको चहलपहल बढेको हो । रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना तथा आदिवासी महासंघ जिल्ला समन्वय परिषद् […]

तेस्रो पटककाे फाइनलमा सुदूरपश्चिमलाई पहिलो उपाधि, लुम्बिनी १० विकेटले पराजित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्‍यो । सुदूरपश्चिमका ओपनर जर्ज मुन्सेले विस्फोटक ब्याटिङ […]

भृकुटीमण्डपममा अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी सुरु

काठमाडौं, ५ मङ्सिर । नेपालको कृषि क्षेत्रलाई यान्त्रिकीकरण, आधुनिकीकरण तथा व्यावसायीकरण गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि ‘आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३’ सुरु भएको छ । राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनी मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा २० देशका […]

नारायणी महोत्सवमा दर्शकको ओइरो, पिरामिड गेट चर्चामा

भरतपुर, ५ मंसिर । चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा मंसिर ३ गतदेखि जारी नारायणी महोत्सवको दोस्रो दिनमै दर्शकहरुको उल्लासमय सहभागिता देखिएको छ । शुक्रबार दोस्रो दिन १५ हजार दर्शक महोत्सवमा सहभागी भएको महोत्सव सचिवालयले जनाएको छ । बिहीबार पहिलो दिन नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो । रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिको आयोजना र […]