नारायणी महोत्सवको जिरो ग्र्याभिटी राइडमा युवायुवतीको आकर्षण

चितवन, ७ मङ्सिर ।
चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सव २०८३ मा राखिएको जिरो ग्र्याभिटी राइड युवायुवतीको आकर्षणको केन्द्र बनेको छ । नौलो र रोमाञ्चक अनुभव लिन चाहने युवायुवतीको राइडमा चढ्न भीड लाग्ने गरेको छ ।

रेड रक इभेन्ट एण्ड म्यानेजमेन्टको आयोजना तथा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला परिषद् चितवनको सहआयोजनामा मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १८ गतेसम्म सञ्चालन हुनेछ ।

महोत्सवमा विभिन्न व्यापारिक स्टलसँगै बाल उद्यान, जिरो ग्र्याभिटी राइड, ३६० डिग्री राइड र पिरामिड गेट राखिएका छन्। साथै, दैनिक विभिन्न सांस्कृतिक कार्यक्रमसमेत भइरहेका छन् ।

महोत्सव प्रवेशका लागि साधारण टिकट १०० रुपैयाँ र विद्यार्थीका लागि ८० रुपैयाँ निर्धारण गरिएको छ । केही दिन साँझ ५ देखि राति ९ बजेसम्म विशेष कन्सर्टसमेत आयोजना गरिनेछ । कन्सर्ट जोन प्रवेशका लागि साधारण टिकट ३०० र भिआईपी टिकट ५०० रुपैयाँ तोकिएको छ । कन्सर्टमा सहभागी नहुने दर्शकले भने नियमित टिकटबाटै महोत्सव अवलोकन गर्न पाउनेछन् ।

आयोजकले महोत्सवलाई मनोरञ्जनमा मात्र सीमित नराखी भरतपुरको पर्यटन, व्यापार र आर्थिक गतिविधि प्रवर्द्धन गर्ने साझा अवसरका रूपमा लिएको जनाएको छ । बाढीका कारण अस्तव्यस्त बनेको नारायणी नदी किनारलाई आफ्नै लगानीमा सम्याएर महोत्सव सञ्चालन गरिएको आयोजकको भनाइ छ ।

आयोजकले महोत्सवमा सहभागी भई सफल बनाउन सबैलाई आग्रह गरेको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट