एसओएस अन्तर विद्यालाय हाजिरीजवाफ प्रतियोगितामा ओमशान्ति एकेडेमी प्रथम

चितवन, ८ असार । ३९ औँ एसओएस दिवसको अवसरमा आयोजित १९औँ अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा ओमशान्ति एकेडेमी प्रथम भएको छ । त्यसैगरी उक्त प्रतियोगिताको द्वितीय स्थान प्रेरणा इङ्लिस स्कुलले प्राप्त गरेको छ भने डेजी इङ्लिस स्कुलले तृतीय स्थान हासिल गरेको छ । जिल्लाभरिका ५९ विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको उक्त कार्यक्रम एसओएस हर्मन माइनर विद्यालय भरतपुरका प्रधानाध्यापक […]
भरतपुर मेयर कप : आइतबार दोस्रो चरणका चार खेल सम्पन्न

चितवन, ८ असार । भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल प्रतियोगियामा आइतबारबाट दोस्रो चरणका खेलहरु सुरु भएका छन् । दोस्रो चरण अन्तर्गत आइतबार चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तर्गत भरतपुर – ७ कृष्णपुरको मैदानमा भएको खेलमा नेपाल पुलिस स्कुल विजयी भएको छ । उसले साविक विजेता अमर माविलाई हराएको हो ।प्रतिस्पर्धात्मक खेलमा पुलिस […]
खैरहनी नगरपालिकाको आर्थिक सर्वेक्षण सार्वजनिक

चितवन, ८ असार । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको आर्थिक विवरणको विश्लेषण समावेश गरी आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । आर्थिक सर्वेक्षण भित्र नगरपालिकाको आर्थिक, सामाजिक, र पूर्वाधार विकासको अवस्थालाई चित्रण गरिएको छ। सर्वेक्षणले आर्थिक वर्षभित्र भए गरेका आर्थिक कृयाकलाप, विकास निर्माणमा प्राप्त प्रगति, समस्या र चुनौतीका साथमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुधारका […]
सरला जोशीको कथासङ्ग्रह `सपनाको देश´ सार्वजनिक

भरतपुर, ८ असार । सरला जोशीको कथासङ्ग्रह `सपनाको देश´ सार्वजनिक भएको छ । चितवन साहित्य परिषद्का अध्यक्ष जगन्नाथ पण्डित, उदय अधिकारी, सरस्वती रिजाल, सामना पहाड र शिव जोशीले संयुक्तरूपमा कृति विमोचन गर्नुभएको हो । चितवन साहित्य परिषद्ले प्रकाशन गरेको कृतिमा १५ वटा कथा छन् । पुस्तक सार्वजनिक गरिएपछि विमर्श गरिएको थियो । विमर्श कार्यक्रममा बोल्दै […]