भैरहवा, ४ असोज ।
सिर्जनशील साहित्यिक समाज (सिसास) भैरहवा, रूपन्देहीको २३औँ साधारण सभा तथा ११औँ अधिवेशन भैरहवामा सम्पन्न भएको छ ।
संस्थाकी अध्यक्ष सरु ज्ञवालीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार ऋषिराम भुसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाको वित्तीय अवस्थाबारे कोषाध्यक्ष सिर्जना खनालले जानकारी गराउनुभएको थियो भने सचिवको प्रतिवेदन सचिव रामराज गौतमले प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका विशिष्ट सदस्य वनमाली निराकार, सल्लाहकार रुद्र ज्ञवाली, पूर्वअध्यक्ष तथा सल्लाहकारद्वय सुरज घिमिरे ‘दीपशिखा’ र नारायणप्रसाद भण्डारी, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, आजीवन सदस्यहरू प्रा.डा. कपिलदेव लामिछाने, रमेश समर्थन, डा. दामोदर ढकाल, दुर्गा पौड्याल तथा प्राज्ञ बूँद रानालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
अधिवेशनले विष्णुप्रसाद गजुरेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिको उपाध्यक्षमा सिर्जना खनाल, सचिवमा रामराज गौतम, कोषाध्यक्षमा सावित्री घिमिरे, सहसचिवमा राधा भट्टराई तथा सदस्यहरूमा मञ्जु सिग्देल, अम्बिका पोखरेल, विपिन मिश्रा र कविता लम्साल चयन हुनुभएको छ ।
कार्यक्रममा अधिवक्ता तुलसीराम ढकालले निर्वाचन अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो ।




