स्काई राईडर स्कुलमा `पठन संस्कृति अभियान´

रत्ननगर, २६ साउन ।
रत्ननगर नगरपालिका – १३ स्थित श्री स्काई राईडर स्कुलमा विद्यार्थीका पठन अनुभव र अनुभूतिको कार्यक्रम `पठन संस्कृति अभियान´ गरिएको छ ।

सम्पूर्ण किताब नारायणगढले सोमबार आयोजना गरेको कार्यक्रममा कवि, निबन्धकार भूपिन प्रमुख अतिथिका रूपमा रहनुभएको थियो । कार्यक्रममा कक्षा ८, ९ र १० का २५ जना विद्यार्थीले विभिन्न २५ किताबको समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको सुरुवातमा निर्जला मैनालीले आमाको मुटु किताबको समीक्षा प्रस्तुत गर्नुभयो । त्यसैगरी आरोही बगालेले dreamy eyes, आज्ञा पण्डितले आनन्दको भण्डार, दृष्टि आलेले उल्लू राजा, एलेस आचार्यले मार्क जुकरबर्ग, क्रिस्टिना सापकोटाले demon eye, निधि लामिछानेले बास्ना आउने बाँसुरी, मञ्जिल देवकोटाले कुमाता र निर्भिक श्रेष्ठले नमोनम: पुस्तकको समीक्षा सुनाउनु भयो ।

त्यसैगरी विपना धमलाले निर्णय, युक्ता ढकालले सनेस, सन्दर्भ बरालले दासता मुक्ति, कृति गिरीले खलंगामा हमला, प्रमिशा पौडेलले अमेरिकाको इतिहास, सुयसा बोगटीले मारी खोलाको ढुंगा, रेश्मा श्रेष्ठले नोर, आकाश पौडेलले शरणार्थी, प्रियंशा तिवारीले दस गजामा उभिएर, प्रसंशा पुरीले बेपत्ता सिपाही र नम्रता लामिछानेले छुइ पुस्तकको टिप्पणी प्रस्तुत गर्नुभयो । त्यसैगरी अनुगमन शर्मा पोखरेलले बेस क्याम्प, क्षितिज रानाभाटले ग्रहण, प्रज्ञा पनेरुले लकडाउन, सूर्याङ्शी खनालले spout on rock र स्नेहा आचार्यले the other queen को टिप्पणी सुनाउनु भयो ।

पण्डितले स्लाइडमार्फत सुन्दर ढंगले आनन्दको भण्डार पुस्तकको चर्चा गर्नुभएको थियो भने सापकोटाले ठूलो चार्टमा उपशीर्षकसहित समीक्षा उतारेर प्रस्तुत गर्नुभयो । कार्यक्रममा अतिथिका रूपमा सहभागी विनोदबाबु रिजालले विद्यार्थीको प्रस्तुति गज्जब रहेको प्रतिक्रिया दिनुभयो । `अतिरिक्त किताब पढ्ने बानीले चेतनाको विकास हुनुका साथै जिन्दगी पनि सहज बन्छ´, रिजालले भन्नुभयो ।

प्रमुख अतिथि भूपिनले विद्यार्थीको समीक्षात्मक टिप्पणी विशेष रहेको बताउनुभयो । `विद्यार्थीले विभिन्न किताब पढेर सिकेको ज्ञान यहाँ राम्रोसँग प्रस्तुत गर्नुभएको छ । तपाईंहरुको ज्ञान र प्रस्तुति देखेर म दङ्ग परेको छु । तपाईंहरुले निरन्तर पढ्ने काम गर्नुहोला´, भूपिनले भन्नुभयो ।

विद्यालयका प्रधानाध्यापक मदन पुरीले विद्यालयमा पहिले देखिनै पढ्ने संस्कारलाई प्राथमिकतामा राखिएको बताउनु भयो । उहाँले विद्यार्थी भाइबहिनीलाई निरन्तर पढ्न र आफू भन्दा पछिल्लो कक्षाका भाइबहिनीलाई स्वागत गर्ने क्रममा पठन संस्कृतिलाई अभियानका रूपमा लैजान आग्रह गर्नुभयो । प्रधानाध्यापक पुरीले रत्ननगरभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयलाई नगरपालिकासँगको समन्वयमा आफ्नो विद्यालयको तर्फबाट किताब उपलब्ध गराएर पठन संस्कृति कार्यक्रम गरिने प्रतिबद्धता जनाउनुभयो ।

सम्पूर्ण किताबका सञ्चालक एवम् पठन संस्कृतिका अभियन्ता लेखराम सापकोटाले विद्यार्थीमा पढ्ने बानीको विकास गराइ उनीहरूलाई हरेक कुरामा सक्षम बनाउनु अभियानको उद्देश्य रहेको बताउनु भयो । विद्यालयका शिक्षक नवराज तिमिल्सिनाले कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो भने रमेश पुरीले संयोजन गर्नुभएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट