भरतपुरमा भरत पनेरूको पक्षमा माहौल बन्दै

भरतपुर, ८ असार ।
चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चलिरहँदा विभिन्न पदका उम्मेदवारहरू आफ्ना पक्षमा माहौल बनाउन सक्रिय छन् । यसैक्रममा केन्द्रीय सदस्य पदका आकांक्षी भरतप्रसाद पनेरूको पक्षमा पनि समर्थन बढ्दै गएको उनका समर्थकहरूले बताएका छन् ।

पार्टी स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका पनेरूलाई लुम्बिनी प्रदेशमा विधि, निष्ठा र सहअस्तित्वको राजनीतिका पक्षधर व्यक्तित्वका रूपमा हेरिने गरिएको छ । उनले पार्टीलाई गुटगत प्रभावभन्दा माथि उठाएर नीति, विधि र संगठनात्मक मूल्यमान्यताअनुसार सञ्चालन हुनुपर्ने पक्षमा निरन्तर आवाज उठाउँदै आएको समर्थकहरूको भनाइ छ ।

सहकर्मीहरूलाई निषेध गर्नेभन्दा सबैलाई समेट्दै सहकार्यको वातावरण निर्माण गर्ने उनको कार्यशैलीले उनलाई लुम्बिनी प्रदेशका कार्यकर्तामाझ अलग पहिचान दिलाएको बताइन्छ ।

समर्थकहरूका अनुसार पनेरूका लागि लुम्बिनी प्रदेश रास्वपाको महत्वपूर्ण आधारभूमि हो ।

पनेरूले समाजशास्त्र र भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् भने ग्रामीण विकास विषयमा अध्ययनरत छन् । साथै मानविकी, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन तथा विज्ञान विषयमा स्नातक तहको अध्ययन पूरा गरेका छन् ।

उनका समर्थकहरूका अनुसार विधिको शासनप्रतिको प्रतिबद्धता, शैक्षिक योग्यता, व्यवहारिक शालीनता तथा समावेशी नेतृत्व क्षमता पनेरूका प्रमुख सबल पक्ष हुन् । उनी पार्टीलाई व्यक्तिकेन्द्रित नभई नीति र प्रणालीमा आधारित संगठनका रूपमा विकास गर्न सक्ने नेताका रूपमा प्रस्तुत गरिएका छन् ।

“लुम्बिनीको आवाज, विधिको वकालत केन्द्रीय सदस्यमा भरत प्रसाद पनेरू” भन्ने नारासहित उनको उम्मेदवारीप्रति महाधिवेशनस्थलमा समर्थन बढिरहेको समर्थकहरूले दाबी गरेका छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट