नवीनको `दहाड´ कथासङ्ग्रहमाथि गैंडाकोटमा विमर्श

गैंडाकोट, ८ असार । कथाकार नवीन अभिलाषीको कथासङ्ग्रह `दहाड´को देशाटन कार्यक्रमअन्तर्गत गैंडाकोटमा साहित्यिक विमर्श सम्पन्न भएको छ । बिर्तामोड, विराटनगर र हेटौंडामा कार्यक्रम सकेर कथाकार नवीन सोमबार चितवन आएका हुन् । अक्षर समूह चितवनको आयोजनामा द नारायणी रिसोर्ट, गैंडाकोटमा आयोजित कार्यक्रममा टिप्पणीकार कृष्ण विश्वकर्मा सतिसाल र सरिता तिवारीले नेपाली कथा लेखन परम्परामाथि वैचारिक दृष्टि प्रस्तुत […]

देवनगरमा ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने तयारी

चितवन, ८ असार । कृषि,वन तथा पर्यावरण मन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका सवालमा छलफल गरेकी छन् । रास्वा महाधिवेशनसँगै चितवन पुगेकी मन्त्री चौधरीले भ्रमणका क्रममा जैविक विविधता संरक्षण, समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन, वैज्ञानिक अनुसन्धान र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरूबारे विस्तृत जानकारी लिइएकी हुन् । भ्रमणका क्रममा वन्यजन्तु र […]

भरतपुरमा भरत पनेरूको पक्षमा माहौल बन्दै

भरतपुर, ८ असार । चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चलिरहँदा विभिन्न पदका उम्मेदवारहरू आफ्ना पक्षमा माहौल बनाउन सक्रिय छन् । यसैक्रममा केन्द्रीय सदस्य पदका आकांक्षी भरतप्रसाद पनेरूको पक्षमा पनि समर्थन बढ्दै गएको उनका समर्थकहरूले बताएका छन् । पार्टी स्थापनाकालदेखि नै सक्रिय रहँदै आएका पनेरूलाई लुम्बिनी प्रदेशमा विधि, निष्ठा र सहअस्तित्वको […]