भरतपुर, १८ असार ।
चितवन साहित्य परिषद् (चिसाप) काे बुधबार बसेकाे बैठकले विभिन्न पुरस्कारहरु सार्वजनिक गरेको छ । अध्यक्ष जगन्नाथ पण्डितको अध्यक्षतामा बसेको बैठकले विभिन्न पुरस्कार दिइने निर्णय गरेको हो ।
जसअन्तर्गत चिसाप प्रतिभा पुरस्कार बालकृष्ण थपलियालाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु १५,०४५ सहित सम्मानपत्र रहेको छ ।
त्यसैगरी चिसाप खेमलाल लामिछाने साहित्य पुरस्कार `सावर्णि´ उपन्यासका लागि डा. श्रीधर खनाललाई दिइने भएको छ । पुरस्कारको राशि रु. ५००४५ सहित सम्मानपत्र रहेको छ ।
त्यस्तै चिसाप बामदेव लक्ष्मी खनाल साहित्य पुरस्कार `पर्जन्य मास´ नियात्रासङ्ग्रहका लागि खगेन्द्र गिरि काेपिलालाई दिइने भएको छ । यो पुरस्कारको राशि रु. ३५०४५ सहित सम्मानपत्र रहेको छ ।
यी सबै पुरस्कार असार २८ गते शनिबार चितवन साहित्य परिषद् र नारायणी कला मन्दिरकाे संयुक्त आयाेजनमा चिसाप भवनमा हुन गईरहेकाे २१२अाैँ भानु जयन्ती कार्यक्रममाझ समर्पण गरिने चिसाप उपाध्यक्ष गणेश श्रमणले जानकारी दिए ।