भरतपुर, १५ भदाै ।
सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर-१०काे चाैधाैँ साधारणसभा तथा पाँचाैँ अधिवेशनले नारायण लम्सालकाे अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेकाे छ ।
शनिबार चितवन कालिकामन्दिर, भरतपुर-१० मा सम्पन्न अधिवेशनले गठन गरेकाे नयाँ समितिकाे उपाध्यक्षमा टंकप्रसाद पाैडेल, सचिवमा सरिता लामिछाने, काेषाध्यक्षमा हरिहर अधिकारी र सदस्यहरूमा पदम भट्टराई, संगीता काफ्ले, रामजी पाण्डे, ज्ञानप्रकाश पाैडेल र रीता घिमिरे सुवेदी चयन गरेकाे छ । अध्यक्ष भवानीप्रसाद श्रेष्ठकाेअध्यक्षता तथा भरतपुर महानगरपालिका सहकारी प्रमुख राेजी केसीकाे प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ काे अध्यक्षकाे प्रतिवेदन, सचिव ज्ञानहरि पाैडेलकाे प्रगति प्रतिवेदन, काेषाध्यक्ष रवीन्द्रप्रसाद ढुंगानाकाे आर्थिक प्रतिवेदन, ऋण उपसमिति संयाेजक रणबहादुर खत्रीकाे प्रतिवेदन र लेखापरीक्षककाे प्रतिवेदन सर्वसम्मत पारित गरेकाे छ ।
२०६७ सालदेखि काेषकाे रूपमा सुरु भएकाे बचत कार्यक्रम २०६९ बाट सहकारीकाे रूपमा दर्ता गरिएकाे थियाे । हाल उक्त संस्थामा तीन सय तीन शेयर सदस्य छन् । अहिले संस्थाकाे कुल पुँजी ३ कराेड ६९ लाख १८ हजार ८ सय ८३ रुपैयाँ रहेकाे सचिवकाे प्रतिवेदनमा उल्लेख छ । साथै३ कराेड ४ लाखभन्दा बढी ऋण लगानी गरिएकाे ऋण उपसमितिकाे प्रतिवेदनमा उल्लेख छ ।





