मकवानपुरमा १ क्विन्टल गाँजासहित ३ जना पक्राउ

मकवानपुर, १५ भदौ । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका बसामाडीबाट एक क्वीटल १२ किलो ७ सय ९० ग्राम लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–००२ ज ६५४९ नम्बरको इभि गाडीबाट उक्त परिमाणको गाँजा बरामद […]
एटुजेड समाचारद्वारा आयोजित आर्टिकल लेखन प्रतियोगितामा कल्पना प्रथम

चितवन, १५ भदौ । एटुजेड समाचार डटकमद्वारा आयोजित तेस्रो तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार भरतपुर – ७ स्थित होटल पौवामा “हरितालिका तीज : पर्व कि प्रदर्शन”? बिषयक आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त आर्टिकल लेखन प्रतियोगितामा […]
थारु पत्रकार सङ्घ चितवनमा मनोज चौधरी

चितवन, १५ भदौ । थारु पत्रकार सङ्घ चितवनको अध्यक्षमा लेखक मनोज (अज्ञात) चौधरी चयन भएका छन् । शनिबार साँझ माडीको वसन्तपुरमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले दीपेश चौधरीको नेतृत्वमा रहेको थारु पत्रकार सङ्घ विघटन गर्दै नयाँ नेतृत्व चयन गरेको हो । तीनवर्षे कार्यकालको लागि चयन भएको समितिको उपाध्यक्षमा दीपेन्द्र चौधरी, सचिवमा राकेश चौधरी, सहसचिवमा विन्दा चौधरी […]
रत्ननगरका विद्यार्थीमाझ `पठन संस्कृति अभियान´

चितवन, १५ भदौ । १८ औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा सम्पूर्ण किताब नारायणगढ र स्काई राइडर स्कुल रत्ननगरको संयुक्त आयोजनामा पठन संस्कृति अभियान कार्यक्रम गरिएको छ । रत्ननगर नगरपालिकाको सभाहलमा आइतबार गरिएको कार्यक्रममा पालिकाका विभिन्न सामुदायिक विद्यालयका २६ जना विद्यार्थीहरुले पठन अनुभव र अनुभूति प्रस्तुत गरेका छन् । कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहनु भएका प्रसिद्ध […]
चितवनमा जोखिम भारित सम्पत्ति तथा पुँजीकोष विश्लेषणसम्बन्धी प्रशिक्षण

भरतपुर, १५ भदौ । कोअपरेटिभ म्यानेजर्स क्लब (सिएमसी) चितवनको आयोजनामा सहकारी संस्थाको जोखिम भारित सम्पत्ति तथा पुँजीकोष विश्लेषणसम्बन्धी प्रशिक्षण कार्यक्रम आइतबार भरतपुरमा सम्पन्न भएको छ । कार्यक्रम क्लबका अध्यक्ष मेघनाथ लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष लामिछानेले सहकारी संस्था दिगो बनाउन पुँजीकोष सुदृढिकरण, पारदर्शिता र दक्ष व्यवस्थापन अत्यावश्यक भएको बताउँदै यस्तो प्रकारको सीपमूलक प्रशिक्षणले […]
प्रयोगशाला स्थापना गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालय र खैरहनी नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

खैरहनी, १५ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय र खैरहनी नगरपालिकाबीच परजीवी किरा उत्पादन प्रयोगशाला स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालयले खैरहनी नगरपालिकामा परजीवी कीरा उत्पादन प्रयोगशाला स्थापनाको लागि प्राविधिक सहयोग प्रदान गर्ने, नगरपालिका संगको साझेदारीमा जैविक सामाग्री उत्पादन तथा प्रबर्द्धनका लागि आवश्यक अल्पकालीन एवम् […]
अठारौँ पुस्तकालय दिवसको हार्दिेक मंगलमय शुभकामना

परिचय पुस्तकालय सभ्य, सुसंस्कृत अनि शिक्षित समाजको अभिन्न अंग हो, भण्डार हो । मानव इतिहास, सभ्यता र संस्कृतिको परिचायक हो । सुचना र ज्ञान विना कुनै पनि व्यक्ति समाज र देशको सफल कार्यको कल्पना हुन सक्दैन । यसलाई पुरा गर्न पुस्तकालयको आवश्यकता पर्दछ । संस्कृत भाषाको पुस्तक र आलय शब्दबाट उत्पत्ति भएको शब्दलाई नेपाली भाषामा […]
सप्तगण्डकी बहुमुखी क्याम्पसमा दुई विभागीय प्रमुखसहित कार्यक्रम प्रमुखहरुको पदस्थापन

चितवन । भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा नयाँ दुई विभागीय प्रमुखसहित दुई कार्यक्रम प्रमुखको शुक्रबार पदस्थापन भएको छ । साउनबाट नियुक्त भएका उनीहरुलाई क्याम्पसले एक कार्यक्रम गरी पदस्थापन गराएको हो । नव नियुक्त विभागीय प्रमुखहरुमा मानविकी तथा सामाजिक विज्ञान विभागका प्रमुख रामप्रसाद तिवारी, सूचना प्रविधि विभागका प्रमुख रवि तिवारी छन् भने दुई कार्यक्रम प्रमुखमा बीबीए, बीआईटीएम […]
रमेश भुसालको ‘छालबाटो’लाई ‘पद्मश्री साहित्य पुरस्कार’

काठमाडौँ, १५ भदौ । खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कार २०८१ रमेश भुसालको ‘छालबाटो’ले प्राप्त गरेको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले आइतबार बिहानै एक विज्ञप्तिमार्फत यसको जानकारी दिनुभएको छ । तीन लाख रूपैयाँ राशीको यो पुरस्कार प्राप्त ‘छालबाटो’ले कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्णालीको उद्गम र भारतको गङ्गासम्मको यात्रामा कर्णालीको प्रवाह, सीमा […]
सद्भाव सहकारीमा नयाँ सञ्चालक समिति गठन

भरतपुर, १५ भदाै । सद्भाव बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर-१०काे चाैधाैँ साधारणसभा तथा पाँचाैँ अधिवेशनले नारायण लम्सालकाे अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरेकाे छ । शनिबार चितवन कालिकामन्दिर, भरतपुर-१० मा सम्पन्न अधिवेशनले गठन गरेकाे नयाँ समितिकाे उपाध्यक्षमा टंकप्रसाद पाैडेल, सचिवमा सरिता लामिछाने, काेषाध्यक्षमा हरिहर अधिकारी र सदस्यहरूमा पदम भट्टराई, संगीता काफ्ले, रामजी पाण्डे, […]