चितवन, १५ भदौ ।
एटुजेड समाचार डटकमद्वारा आयोजित तेस्रो तीज बिशेष आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार भरतपुर – ७ स्थित होटल पौवामा “हरितालिका तीज : पर्व कि प्रदर्शन”? बिषयक आर्टिकल लेखन प्रतियोगिताको नतिजा घोषणा एवम् पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त आर्टिकल लेखन प्रतियोगितामा सञ्चारकर्मी कल्पना आचार्य प्रथम भएकी छन् । प्रथम भएसँगै उनले नगद ५० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
यस्तै पत्रकार करुणा देवकोटा द्वितीय भएकी छन् । उनले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
यस्तै पत्रकार दिप्ती विश्वकर्मा तृतीय भएकी छन् । उनले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् भने सिन्धु ढकाल सान्त्वना भएकी छन् । उनले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेकी छन् ।
प्रतियोगितामा फेसबुक पेजमा लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगिहरूको छनौट गरी पुरस्कृत गरिएको हो ।
आर्टिकल प्रतियोगितामा २५ जना महिला पत्रकारहरुको सहभागिता रहेको थियो । जसमा दुर्गाकुमारी रेग्मी, यात्री छिदाल, सूचना गुरुङ, सुधा देवकोटा, कमला गुरुङ, कल्पना आचार्य, आशा खरेल श्रेष्ठ, सुजिता हमाल, दीप्ति विश्वकर्मा, सुनिता सुवेदी, शिला पाठक, सिन्धु ढकाल, सविता श्रेष्ठ, सुरक्षा बराल, संगीता पन्त, बन्दना देवकोटा, करुणा देवकोटा, शारदा पौडेल, ईश्वरी सिं, विष्णु गौतम, पुनम थापामगर, बसुन्धरा गौतम, खेमकुमारी श्रेष्ठ, सविता अधिकारी र विरन्जना घिमिरे रहेका थिए ।
सो कार्यक्रमको निर्णायकमा त्रिभुवन विश्वविद्यालय वीरेन्द्र बहुमुखी क्याम्पसका प्राडा एकनारायण पौड्याल, कालिका संस्कृत विद्यापिठ गैंडाकोटका प्राचार्य डाक्टर केशवराज चालिसे र नेपाली लेखक संघ चितवनका अध्यक्ष शान्ति शर्मा रहेका थिए ।
एटुजेड समाचारका अध्यक्ष किशोरचन्द्र सापकोटाको सभाअध्यक्षतामा सम्पन्न भएको थियो । अध्यक्ष सापकोटाले चितवनबाट पत्रकारिता शुरु गरी हाल जिल्ला, जिल्ला बाहिर वा बिदेशमा समेत रहेका महिला पत्रकार सञ्चारकर्मीहरूलाई पुनः चितवनसँग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको बताए ।
उनले आर्टिकल लेखन प्रतियोगितामा सहभागी हुने सबै प्रतियोगिहरुलाई धन्यवाद ज्ञापन गर्दै आर्टिकल लेखन प्रतियोगितालाई अगामी बर्षहरुमा पनि निरन्तरता दिँदै जाने बताए ।
कार्यक्रममा प्रमुख अतिथि भरतपुर महानगरपालिकाका स्वास्थ्य विज्ञ सल्लाहकार एवम् विशेषज्ञ फिजिसियन डाक्टर भोजराज अधिकारी रहेका थिए । उनले पत्रकार देशको चौथो अङ्ग भएकाले समाजमा नयाँ ढङ्गले लेखन कार्यलाई अगाडी बढाउन यस्तो खालको प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, निप्पोन एजुकेशन सेन्टरका अध्यक्ष दीपकचन्द्र भट्टराई, अतिथि पत्रकार महासंघ चितवनका उपाध्यक्ष शान्ता अधिकारी, दीपेन्द्र अधिकारी, सचिव राजेश घिमिरे, कनेक्ट एजुकेसनका प्रमुख मेघराज कँडेल, प्रेस चौतारी केन्द्रीय सदस्य एवम् बागमती प्रदेश इन्चार्ज प्रतिमा सिलवाल, प्रेस सेन्टरका केन्द्रीय सदस्य अजिता अधिकारी, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, डब्लुडब्लुजे चितवनका अध्यक्ष सरिता पौडेललगायत विभिन्न मिडियामा आवद्ध पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
यस्तै निर्णायक संयोजक बालकृष्ण थपलिया र पत्रकार प्रकाश ज्ञवालीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
उक्त कार्यक्रममा स्वागत मन्त्वय कार्यक्रम संयोजक एवम् एटुजेड समाचारको डेक्स इन्जार्ज अस्मिता पराजुलीले गरेकी थिईन् भने कार्यक्रम सन्चालन पत्रकार बालगोविन्द न्यौपानेले गरेका थिए ।





