कृष्णको ‘मन्द मुस्कान’ उपन्यास विमोचन

भरतपुर, ८ भदौ ।
लेखक कृष्ण विभूतिको उपन्यास ‘मन्द मुस्कान’ विमोचन गरिएको छ ।

रतनपुर–चितवन मिलन समाजले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका पूर्वअध्यक्ष इन्द्रप्रसाद रेग्मी, आयोजक संस्थाका अध्यक्ष विनोदकान्त ढकाललगायतले संयुक्त रूपमा उपन्यास विमोचन गरेका हुन् ।

विमोचनपछि कृतिमाथि टिप्पणी गर्दै प्राध्यापक शान्ति शर्माले ‘मन्द मुस्कान’मा वैदेशिक रोजगारीको प्रसङ्ग समेटिएको बताइन् । प्रेमकथामा आधारित उपन्यासले अमर प्रेमको चिनारी प्रस्तुत गरेको उनको भनाइ थियो ।

अर्का टिप्पणीकार प्राध्यापक रमेश प्रभातले पनि उपन्यास प्रेमकथामा आधारित रहेको बताए । उनका अनुसार ‘मन्द मुस्कान’ संस्मरणात्मक शैलीमा लेखिएको लामो कथा हो । नारीवादी दृष्टिकोणबाट लेखिएको उपन्यास सरल भाषामा प्रस्तुत भएकाले प्रेमकथा रुचाउने पाठकका लागि रोचक र पठनीय हुने उनले बताए ।

कार्यक्रममा सूर्यप्रकाश कँडेल, वसन्त पराजुली, वेदराज न्यौपाने, मणिराम शर्मा काफ्ले, शशिकिरण शर्मा, इन्द्रप्रसाद रेग्मीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई जगन्नाथ पण्डितले सहजीकरण गरेका थिए ।

शिखा बुक्सले प्रकाशन गरेको उपन्यास ‘मन्द मुस्कान’ लेखक कृष्ण विभूतिको नवीनतम कृति हो । तनहुँ घर भएका विभूति अस्ट्रेलियामा बसोबास गर्छन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट