देवचुली–गैंडाकोट साझेदारीमा दमकल सेवा सुरु

देवचुली, ८ भदौ । देवचुली नगरपालिका र गैंडाकोट नगरपालिकाको लागत साझेदारीमा दमकल (बारुणयन्त्र) सेवा सञ्चालनमा आएको छ । आगलागी तथा विपद्का घटनामा नागरिकको सुरक्षा र उद्धार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले दुई नगरपालिकाले साझेदारीमा दमकल खरिद गरी सेवा सुरु गरेका हुन् । सोमबार देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख हरिप्रसाद न्यौपाने र गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति […]
भाग्योदय प्राथमिक विद्यालयमा शैक्षिक सामग्री वितरण

गैंडाकोट, ८ भदौ । भाग्योदय प्राथमिक विद्यालय गैंडाकोट–६ का पूर्वप्रधानाध्यापक स्वर्गीय जगदीश अधिकारीको ३१औँ पुण्यस्मृति दिवसका अवसरमा सोमबार विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा बोटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैंडाकोट–६ का वडाध्यक्ष सुभाष चापागाईं प्रमुख अतिथि तथा स्वर्गीय अधिकारीका छोरा सुजन अधिकारी विशेष अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा […]
कृष्णको ‘मन्द मुस्कान’ उपन्यास विमोचन

भरतपुर, ८ भदौ । लेखक कृष्ण विभूतिको उपन्यास ‘मन्द मुस्कान’ विमोचन गरिएको छ । रतनपुर–चितवन मिलन समाजले सोमबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, भरतपुर महानगर प्रज्ञाप्रतिष्ठानका पूर्वअध्यक्ष इन्द्रप्रसाद रेग्मी, आयोजक संस्थाका अध्यक्ष विनोदकान्त ढकाललगायतले संयुक्त रूपमा उपन्यास विमोचन गरेका हुन् । विमोचनपछि कृतिमाथि टिप्पणी गर्दै प्राध्यापक शान्ति शर्माले ‘मन्द मुस्कान’मा […]
१५०औँ जयपृथ्वी जन्मजयन्तीमा स्रष्टा सम्मानित, १० कृति लोकार्पित

ललितपुर, ८ भदौ । नेपाल बालसाहित्य समाज (नेबासास)ले १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा विभिन्न अग्रज तथा अनुज स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । आइतबार ललितपुरस्थित पाटन दरबार सङ्ग्रहालयमा आयोजित कार्यक्रममा नेबासास जयपृथ्वीबहादुर सम्मानसहित विभिन्न पुरस्कार प्रदान गरिनुका साथै १० बालसाहित्यिक कृतिको लोकार्पण गरिएको हो । नेबासास जयपृथ्वीबहादुर सम्मान नेपाली बालसाहित्यका इतिहासकार तथा नेबासासका […]