मकवानपुरमा १ क्विन्टल गाँजासहित ३ जना पक्राउ

मकवानपुर, १५ भदौ ।

मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका बसामाडीबाट एक क्वीटल १२ किलो ७ सय ९० ग्राम लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी बसामाडी लेवटबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम महेन्द्र राजमार्ग सडकखण्डमा नेवारपानीबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–००२ ज ६५४९ नम्बरको इभि गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले गाडी चालक काभ्रे जिल्ला पाँचखाल नगरपालिका–८ का २१ वर्षीय सुदिप तामाङ, गाडीमा सवार २० वर्षीय सविन तामाङ र दोलखा जिल्ला सैलुङ गाउँपालिका–८ का २२ वर्षीय सागर तामाङको साथबाट एक क्वीटल १२ किलो ७ सय ९० ग्राम लागूऔषध गाँजा बरामद गरेको हो ।

पक्राउ परेका तीनै जनालाई लागुऔषध सम्बन्धी कसुरमा म्याद थप अनुमति लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट