थारु पत्रकार सङ्घ चितवनमा मनोज चौधरी

चितवन, १५ भदौ ।
थारु पत्रकार सङ्घ चितवनको अध्यक्षमा लेखक मनोज (अज्ञात) चौधरी चयन भएका छन् । शनिबार साँझ माडीको वसन्तपुरमा सम्पन्न पाँचौँ जिल्ला अधिवेशनले दीपेश चौधरीको नेतृत्वमा रहेको थारु पत्रकार सङ्घ विघटन गर्दै नयाँ नेतृत्व चयन गरेको हो ।

तीनवर्षे कार्यकालको लागि चयन भएको समितिको उपाध्यक्षमा दीपेन्द्र चौधरी, सचिवमा राकेश चौधरी, सहसचिवमा विन्दा चौधरी र कोषाध्यक्षमा प्रमिला चौधरीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक सन्तकुमार चौधरीले जानकारी दिए ।

Oplus_0

यस्तै सदस्यहरुमा सुरेशकुमार चौधरी र रविन्द्र राउत चयन भएका छन् । केन्द्रीय सदस्य चौधरीका अनुसार देशभर थारु पत्रकार एवम् सञ्चारकर्मीहरुको सङ्ख्या करिब तीन सय हाराहारीमा छन् । चितवनमा भने २० जना सदस्य सक्रिय रहेका उनले बताए ।

माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतो, उपमेयर खेमप्रसाद महतो, थारु पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष एवम् नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका संस्थापक अध्यक्ष सन्तकुमार चौधरी, थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरी, नपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) चितवनका अध्यक्ष तुलमान गुरूङलगायतको उपस्थितिमा अधिवेशन सम्पन्न गरिएको हो ।

राजु चौधरीलाई सम्मान

थारु पत्रकार संघले संस्थाको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा पत्रकार राजु चौधरीलाई सम्मान गरेको छ । थारु समुदायबाट प्रतिनिधित्व गर्दै विगत लामो समयदेखि चितवनको पत्रकारितामा सक्रिय रहेको भन्दै सम्मान गरिएको सङ्घले जनाएको छ । माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको हातबाट चौधरीलाई सम्मानपत्र र खादामार्फत सम्मान गरिएको हो । कान्तिपुर टेलिभिजनका चितवन सम्वाददातासमेत रहेका चौधरी नारायणी अनलाइन सञ्चालन गर्दै आएका छन् ।

सोही क्रममा संस्था सञ्चालनको लागि मह¤वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थाका तत्कालीन सचिव दीपेन्द्र चौधरी र सदस्य विजय चौधरीसमेतलाई पनि सम्मान गरिएको थियो । अधिवेशनका क्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका आमा समूहहरुलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट