भियतनाममा अन्तर्राष्ट्रिय कवि सम्मेलन

असोज १८ देखि २३ गतेसम्म भियतनामको हानोइमा प्रथम अन्तर्राष्ट्रिय कवि सम्मेलन रूपमा सम्पन्न भयो । उक्त कार्यक्रममा अमेरिका, अस्ट्रेलिया, नेपाल, कतार, मलेसिया, जर्मनी, इन्डोनेसिया र भियतनामका सुप्रसिद्ध कवि तथा कलाकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका क्रममा सहभागी कविहरूले हानोईस्थित आर्टिस्ट हिल कम्युनिटीमा बस्दै साहित्यिक सृजनामा सहभागी भए र साथसाथै स्थानीय पर्यटकीय स्थलहरूको भ्रमण समेत गरे ।

नेपाल र अस्ट्रेलियाको तर्फबाट कवि कुमाराज सुवेदीले प्रतिनिधित्व गर्दै आफ्नो कवितामार्फत दुवै देशको सांस्कृतिक पहिचान र भावनात्मक सेतु प्रस्तुत गरेका थिए ।

आर्टिस्ट हिल कम्युनिटीकी कार्यक्रम समन्वयकर्ता क्यू विक हाउका अनुसार, यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले कविहरूबीचको आपसी सहकार्य र विश्वव्यापी स्तरमा साहित्यिक पहिचान विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दछन् ।

त्यस्तै संस्थाकी अध्यक्ष थो बाड्ग आईले भियतनाममा पहिलोपटक आयोजित यस अन्तर्राष्ट्रिय कवि सम्मेलनलाई भव्यताका साथ सफलतापूर्वक सम्पन्न गर्न पाउँदा खुशी व्यक्त गरिन् ।

कुमाराज सुबेदीका ५ रचनाहरू भियतनामी भाषामा पनि अनुबाद भएका छन्

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट