मेरो देश : मेरो कर्मभूमि

संस्मरण                                                            हिमाल, पहाड र तराईको अपार सौन्दर्यको श्रेणीबद्द रसास्वादन गर्न सकिने मेरो देश नेपाल मेरो जन्मभूमि । यहाँको माटाेमा मीठो सुगन्ध छ, सौन्दर्य छ । मौलिक संस्कृति छ, अनि आफ्नै अस्तित्व र प्रतिष्ठा छ । आफ्नै भाषा, धर्म, संस्कृति, प्राकृतिक सभ्यता, शिष्टता र सौन्दर्यले ढपक्क ढाकिएको मेरो देश आफैंमा एउटा सानो स्वर्ग हो ।

विविधतामा एकता मेरो कर्मभूमिको अपार सौन्दर्य हो । स्वतन्त्र अस्तित्व भएको सार्वभौमसत्तासम्पन्न देशले गरीबीबाट मुक्ति पाउने सपना र विपना देखिरहेको छ । प्रगतिको कामना गर्दै अगि बढिरहेको छ । हिमाल मेरो शिर, पहाड मेरो शरीर र तराई मेरो आधारभूमि हो । म तराईमा उभिएर हिमालको उचाइ नापिरहेको हुन्छु । मेरो देश जैविक विविधता र जलस्रोतको दृष्टिले समृद्द मानिन्छ ।

गौरवशाली योद्धाहरुको देश, सगरमाथाको देश, गौतम बुद्धको देश, लोकतान्त्रिक गणतन्त्र, नयाँ नेपाल, विविधतामा एकता नेपालको मुल विशेषता आदि मेरो देशलाई दिइने उपमा हुन् । त्यसैले त मेरो देश उपमैउपमाको शृङ्खला हो । शृङ्गार हो र सुवास हो ।

कालजयी सौन्दर्यको अपार खानी मेरो देश नेपालमा अहिले कालो बादल मडारिन लागिरहेको छ । यो कालो बादल वर्षा र बिजुलीमा परिवर्तन भए सुनमा सुगन्ध हुने थियो । तन, मन, वचन र कर्मले मेरो कर्मभूमिलाई नेपालमैत्री बनाउने प्रयत्न गर्नुपर्छ । नयाँको नाम दिँदै आफ्नै घरमा आगो लगाएर आँगनमा बसेर ताली पिट्दै नाच्ने नकचराहरुलाई सम्झाउनु पर्नेछ । अधिकारको नाममा कार चढेर कर्तव्य भुल्नेहरुलाई प्रशिक्षण दिने अभियान चलाउनु पर्नेछ । आफू र आफन्त अनि आङ र आँगनभन्दा पर नदेख्नेहरु लाई तन्काएर पर परसम्म देख्ने बनाउन पहल गर्नुपर्छ । अग्रगमन र प्रतिगमन, क्रान्ति र प्रतिक्रान्ति, उज्यालो र अँध्यारो ,निषेध र समर्थनका द्वन्द्वहरुलाई निर्मुल गर्नु पर्नेछ । अविकास र भिखारीपन, दासता र अन्धभक्तिलाई जरैबाट उखेलेर फाल्नुपर्छ । कर्मभूमिको अगाडि तेर्सिएर अतिवादहरुलाई उखेलेर अन्धरास्ट्रवाद र उग्ररास्ट्रवाद र अरारास्ट्रवादका चुङल र चुकुलहरुलाई भत्काउनुपर्छ । रगतको खोलो बगाउने समर्थकलाई जनता र अरुलाई अजनता ठान्ने, निषेधको राजनीति गर्ने विचारसँग डराएर बाहुबलमा विश्वास गर्ने, भएनभएको नजिरहरुलाई आफ्नै अनूकुलको व्याख्या गर्ने, लुटपाटको संस्कार विकास गर्ने तथा आफ्ना इच्छा विपरित बोल्नेहरुलाई अपराधी घोषणा गर्ने स्वघोषित विद्वानहरुलाई तालिम दिएर लोकतान्त्रिक बनाउनु पर्नेछ ।

मेरो देश मेरो कर्मभूमिबाट नैतिकताको खोल ओढेर अनैतिकताको खेल खेल्ने
अतिरास्ट्रवादीहरुलाई बढार्नु पर्छ ।बढ्दो छ्ल गरेर फल खाने अघोरीपनको अन्त्य गरि देशलाई सबैखाले प्रदुषणबाट जोगाउनु
पर्छ ।

मेरो देश मेरो कर्मभूमि प्रति म नतमस्तक छु ।

(खैरहनी नगरपालिका-२ चैनपुर, चितवन निवासी अर्याल नेपाल मावि रत्ननगरमा अध्ययनरत छन् ।)

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट