भरतपुर, २० साउन ।
यसवर्ष पनि राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ सालको वार्षिक परीक्षामा अर्किड कलेज, भरतपुरका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् ।
दुई मेधावी छात्र प्रविन ढकाल र प्रनिल न्यौपानेले ३.९६ GPA प्राप्त गर्दा स्वीकार पौडेल र सन्देश सापकोटाले ३.९४ GPA हासिल गरेका छन् । यसैगरी, ८ जना छात्रहरूले ३.९० भन्दा माथि GPA ल्याएका छन् भने उक्त परीक्षामा कुल ८० जना विद्यार्थीहरूले ३.६ देखि ३.९६ GPA सम्मको उत्कृष्ट परिणाम हासिल गरेका छन् ।
शैक्षिक सफलतासँगै प्रवेश परीक्षामा पनि उनीहरूले आफ्नो क्षमता प्रमाणित गरेका छन् । काठमाडौं विश्वविद्यालयबाट हालै सम्पन्न इन्जिनियरिङ प्रवेश परीक्षामा प्रविन ढकाल दोस्रो स्थानमा र प्रनिल न्यौपाने बाह्रौँ स्थानमा उत्तीर्ण भएका छन् ।
त्यसैगरी, अञ्जली चौरसियाले NIT, India मा ICCR छात्रवृत्ति अन्तर्गत B.Tech in Computer कार्यक्रमका लागि पूर्ण छात्रवृत्ति प्राप्त गर्ने गौरव हासिल गरेकी छन् ।




