संस्कृततर्फ सर्वोत्कृष्ट महेश संस्कृत गुरुकुल 

भरतपुर, २० साउन । २०८२ सालको कक्षा १२ को माध्यमिक शिक्षा परीक्षा SEE मा महेश संस्कृत गुरुकुल देवघाट सर्वोत्कृष्ट भएको छ । हरेकजसो राष्ट्रिय परीक्षाहरूमा सर्वोत्कृष्ट नतिजा हात पार्दै आएको महेश संस्कृत गुरुकुलले यस वर्षको कक्षा १२ को परीक्षामा पनि उत्कृष्ट परिणाम सहित संस्कृत तर्फ नेपाल प्रथम भएको छ ।  सबैभन्दा बढी ३.९१ GPA सहित […]

नवनियुक्त मुख्यमन्त्री बानियाँले लिए शपथ

मकवानपुर, २० साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मङ्गलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री बानियाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । बानियाँ बागमती प्रदेशको छैटौँ मुख्यमन्त्री बन्नुभएको छ । मुख्यमन्त्री बानियाँसँगै नेकपा एमालेका ६ जना र नेपाली काँगेसका २ गरी ८ जना मन्त्रीले पनि पद […]

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

मकवानपुर, २० साउन । कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आज मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेसबाटै मुख्यमन्त्री बनेका बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि बानियाँ मुख्यमन्त्री बनेका हुन् । सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थनसहित […]

अर्किड कलेजका विद्यार्थीको शानदार सफलता

भरतपुर, २० साउन । यसवर्ष पनि राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८२ सालको वार्षिक परीक्षामा अर्किड कलेज, भरतपुरका विद्यार्थीहरूले उल्लेखनीय सफलता हासिल गरेका छन् । दुई मेधावी छात्र प्रविन ढकाल र प्रनिल न्यौपानेले ३.९६ GPA प्राप्त गर्दा स्वीकार पौडेल र सन्देश सापकोटाले ३.९४ GPA हासिल गरेका छन् । यसैगरी, ८ जना छात्रहरूले ३.९० भन्दा माथि GPA ल्याएका […]

बागमतीको मुख्यमन्त्रीमा बानियाँले सपथ लिँदै

मकवानपुर, २० साउन । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मंगलबार मुख्यमन्त्रीमा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सपथ लिने भएका छन् । उनले नेपाली काँग्रेसका एक जना र सत्ता साझेदार दल नेकपा एमालेका ६ जना जना मन्त्रीकाे नियुक्ति गर्ने भएका छन् । बानियाँ नेतृत्वको सरकारमा कांग्रेसबाट धादिङका शिवराज अधिकारी मन्त्री बन्न लागेका हुन् । उनको मन्त्रालय भने […]

कक्षा १२ को परीक्षामा गुरुकुल कलेज भरतपुरका असिमले ल्याए ३.९६ जिपिए

भरतपुर, २० साउन । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजामा भरतपुरस्थित गुरुकुल कलेजका विद्यार्थी असिम कँडेलले ३.९६ जिपिए ल्याएका छन् । सोमबार साँझ प्रकाशित नतिजा अनुसार कँडेलेले प्राप्त गरेको जिपिए चितवनकै उत्कृष्ट (चितवन प्रथम) भएको दाबी कलेजको छ । कलेजका सहप्राचार्य जेएन लामिछानले अहिलेसम्म प्राप्त जानकारी अनुसार असिमले प्राप्त गरेको नतिजाले गुरुकुल […]

गैँडाकोट नमूना माविका आरुष श्रेष्ठको ३.९६ जिपिएसहित शानदार सफलता

गैँडाकोट, २० साउन । गैँडाकोट नमूना माविका विद्यार्थी आरुष श्रेष्ठले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को परीक्षामा ३.९६ जिपिए हासिल गर्दै नवलपुर जिल्लामै सर्वश्रेष्ठ नतिजा ल्याएका छन् । श्रेष्ठले विज्ञान संकायबाट यो उल्लेखनीय उपलब्धि हासिल गरेका हुन् । विद्यालयका प्राचार्य गोपेन्द्रकेशरी न्यौपानेका अनुसार अहिलेसम्मको उपलब्ध विवरण अनुसार आरुष श्रेष्ठ नवलपुर जिल्लाकै प्रथम विद्यार्थी […]

राष्ट्रिय युवा संघ कप : खैरहनीलाई हराउँदै माडी सेमिफाइनलमा प्रवेश

भरतपुर, २० साउन । राष्ट्रिय युवा सङ्घ माडी नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा खैरहनी नगर कमिटीलाई हराउँदै माडीले सेमिफाइनलमा स्थान बनाएको हो । कृष्णपुरको मैदानमा भएको खेलमा माडी १-० ले विजयी भयो । माडीको जितमा अनिल गुरुङले एक मात्र गोल गरे । […]