बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

मकवानपुर, २० साउन ।
कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । आज मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसबाटै मुख्यमन्त्री बनेका बहादुरसिंह लामा तामाङले पदबाट राजीनामा दिएपछि बानियाँ मुख्यमन्त्री बनेका हुन् । सोमबार कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थनसहित नेता बानियाँले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदमा बानियाँलाई समर्थन गर्दै एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित दाबी गरिएको थियो ।

नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथग्रहण कार्यक्रम आजै अपराह्न ४ बजेका लागि तोकिएको छ । उनले शपथ लिएपछि अन्य विभागीय मन्त्रीहरू नियुक्त गर्ने प्रक्रिया थालिने बताइएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट