राष्ट्रिय युवा संघ कप : खैरहनीलाई हराउँदै माडी सेमिफाइनलमा प्रवेश

भरतपुर, २० साउन ।
राष्ट्रिय युवा सङ्घ माडी नगर कमिटी भरतपुरमा जारी राष्ट्रिय युवा संघ नेपाल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा खैरहनी नगर कमिटीलाई हराउँदै माडीले सेमिफाइनलमा स्थान बनाएको हो ।
कृष्णपुरको मैदानमा भएको खेलमा माडी १-० ले विजयी भयो । माडीको जितमा अनिल गुरुङले एक मात्र गोल गरे । अनिलले खेलको १४ औं मिनेटमा गरेको गोल नै माडीलाई जिताउन पर्याप्त भयो । उनले पदम नेपालीको एसिस्टमा गोल गरे । माडीका कप्तान सुधिर पाश्वान प्लेयर अफ दि म्याच भए ।

यस सँँगै पहिलो चरणको खेल सकिएको छ । प्रतियोगितामा भोलिबाट सेमिफाइनलका खेलहरु सुरु हुनेछ । पहिलो सेमिफाइनलमा मंगलबार कालिका नगर कमिटी र राप्ती भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।

राष्ट्रिय युवा युवा संघ भरतपुर महानगर कमिटीको आयोजनामा जारी प्रतियोगिता २३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ट्रफीसहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक सागर बोम्जनले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट