बागमतीको मुख्यमन्त्रीमा बानियाँले सपथ लिँदै

मकवानपुर, २० साउन ।
बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मंगलबार मुख्यमन्त्रीमा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सपथ लिने भएका छन् । उनले नेपाली काँग्रेसका एक जना र सत्ता साझेदार दल नेकपा एमालेका ६ जना जना मन्त्रीकाे नियुक्ति गर्ने भएका छन् ।

बानियाँ नेतृत्वको सरकारमा कांग्रेसबाट धादिङका शिवराज अधिकारी मन्त्री बन्न लागेका हुन् । उनको मन्त्रालय भने पछि तोक्ने गरी कांग्रेसले मन्त्रीको तयारीका लागि प्रक्रिया अगाडि बढाएको हो । अधिकारी कांग्रेसबाट समानुपातिक तर्फ खसआर्य कोटामा प्रदेशसभा सदस्य भएका हुन् ।

बानियाँलाई मुख्यमन्त्रीमा नियुक्ति र सपथपछि अधिकारीसँगै एमालेका ६ जना मन्त्रीले समेत पद तथा गोपनीयताको शपथ लिने तयारी छ।

एमालेले भागमा परेकाे ६ वटा मन्त्रालयमा भने उक्त पार्टीले मन्त्री टुङ्ग्याइसकेको छ । एमालेबाट वन तथा वातावरण मन्त्रीमा भरतबहादुर केसी, कृषि तथा पशुपक्षी विकास मन्त्रीमा मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्रीमा डा. दिनेशचन्द्र देवकोटा, श्रम रोजगार तथा यातायात मन्त्रीमा जयराम थापा, स्वास्थ्य मन्त्रीमा किरण थापा र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्रीमा विन्दु श्रेष्ठलाई जिम्मेवारी दिने तयारी गरेको छ।

प्रदेशमा कांग्रेसको भागमा परेको मुख्यमन्त्रीबाहेक ७ वटा मन्त्रालयको जिम्मेवारी भने केही दिनमा टुङ्ग्याउने तयारी गरिएको बताइएकाे छ । पार्टीभित्रै मन्त्रीकाे भागबण्डा नमिलेका कारण कांग्रेसले आज सबै मन्त्रीको टुंगो लगाउन नसकेको हो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Sampurna Kitab Library
Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट

Sampurna Kitab Library