इच्छाकामनाका २८१ विद्यार्थीले पाए एक्सपर्टको क्याल्कुलेटर

भरतपुर, २९ असोज ।
इच्छाकामना गाउँपालिकाबाट यस वर्षको एसइइ परीक्षा दिने तयारीमा रहेका सबै विद्यार्थीलाई एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले क्याल्कुलेटर दिएको छ ।

स्थापना दिवसमा मनाइने ‘एक्सपर्ट डे’ को अवसरमा घोषणा गरिएअनुसार एक्सपर्टले उक्त गाउँपालिकाका ८ वटै माध्यमिक विद्यालयका कक्षा १० अध्ययनरत सबै विद्यार्थीलाई क्याल्कुलेटर सहयोग गरेको हो ।

साउन २३ गते परेको स्थापना दिवसको अवसरमा एक्सपर्टले आयोजना गरेको विशेष समारोहमा दुईवटा माध्यमिक विद्यालयलाई क्याल्कुलेटर दिइसकेको थियो । उक्त समारोहमा राष्ट्रिय माध्यमिक विद्यालय हात्तीबाङलाई सत्ताइस थान र माध्यमिक विद्यालय रानीखोलालाई बीस थान क्याल्कुलेटर हस्तान्तरण गरिएको थियो ।

बाँकी दुई विद्यालयमा कक्षाकोठामै पुगेर क्याल्कुलेटर हस्तान्तरण गरिएको छ भने अरू चार विद्यालयमा पुग्ने गरी गाउँपालिका कार्यालयमार्फत पठाइएको छ । मंगलबार (२८ असोज) गाउँपालिका कार्यालय कुरिनटार पुगेर एक्सपर्ट एजुकेसनका निर्देशक डिल्लीराम अधिकारीसहितको टोलीले गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङलाई काउले, माझगाउँ, ढुङ्ग्रे र गर्दास माध्यमिक विद्यालयका विद्यार्थीले पाउने गरी क्याल्कुलेटर हस्तान्तरण गरे ।

साथै मंगलबार नै गाउँपालिका अध्यक्ष गुरुङ र उपाध्यक्ष माया सिलवालसहितको उपस्थितिमा सर्वशान्ति मावि कुरिनटार र त्रिवेणी वराह मावि मुग्लिङमा पनि क्याल्कुलेटर बाँडिएको छ । विपन्नतासँगै जुधिरहेका विद्यार्थीलाई पढाइमा सहयोग होस् भनेर सामाजिक उत्तरदायित्व बहन गरी क्याल्कुलेटर बोकी आएको एक्सपर्ट एजुकेसनका निर्देशक डिल्लीराम अधिकारीले बताए ।

सर्वशान्तिमा एक सय चार थान, त्रिवेणीमा सैँतीस थान, जनप्रिय माध्यमिक विद्यालय काउलेमा चौबिस थान, माझगाउँ माध्यमिक विद्यालयमा नौ थान, माध्यमिक विद्यालय ढुङ्ग्रेमा तेइस थान र राष्ट्रिय माध्यमिक विद्यालय गर्दासमा सैँतीस थान क्याल्कुलेटर दिइएको एक्सपर्ट चितवन रिजनका बिजनेस डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले जानकारी दिए ।
इच्छाकामनाभर कक्षा दशमा अध्ययन गर्ने कुल विद्यार्थी दुई सय एकासी जना छन् । विकट क्षेत्रमा अध्ययनरत उनीहरूमध्ये अधिकांशको आर्थिक अवस्था कमजोर छ ।

गाउँपालिका अध्यक्ष गुरुङले आर्थिक विपन्नताका कारण शैक्षिक सामग्रीसमेत किन्न नसक्ने विद्यार्थी पढ्ने गाउँपालिकामा सहयोग लिइ आएकोमा एक्सपर्टलाई धन्यवाद ज्ञापन गरे ।

सर्वशान्ति माविका प्रधानाध्यापक जोन खरेलले विपन्न विद्यार्थीलाई सानो सहयोगले पनि ठूलो अर्थ राख्ने बताए । त्रिवेणी वराह माविका प्रधानाध्यापक युवराज लामाले व्यक्तिगतरूपमा सानै भए पनि ठूलो संख्यामा ठूलै सहयोग भएको बताए ।

एक्सपर्ट एजुकेसन सन् २००३ मा स्थापना भएको हो । यसले स्थापनाको २२ वर्ष पूरा गरेको छ । हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर एक्सपर्टले सामाजिक सहयोग गर्दै आएको एक्सपर्ट चितवनका रिजनल अपरेसन म्यानेजर नरहरि पाैडेल किरणले जानकारी दिए ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट