भरतपुर, १४ भदौ ।
चितवनको प्रतिष्ठित अर्किड कलेजका होनहार विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थान (IOE) द्वारा यसवर्ष लिइएको देशव्यापी प्रवेश परीक्षामा ११,५०० भन्दा बढी परीक्षार्थीहरू मध्येबाट अद्वितीय सफलता हासिल गर्दै पुनः गौरवशाली इतिहास रच्न सफल भएका छन् ।

जस अनुसार सोनिक भुसालले २७ औं स्थान, प्रनिल न्यौपानेले ३० औं स्थान, स्विकार देवकोटाले ७३ औं स्थान र प्रविन ढकालले ९९ औं स्थान प्राप्त गर्न सफल भएका छन् ।
विद्यालयले होनहार विद्यार्थीहरूको शानदार उपलब्धि सँगसँगै अन्य विद्यार्थीहरु शिशिर पौडेल, युवराज आचार्य र निश्चल अधिकारीले इन्जिनियरीङ तथा अन्य विषयहरूमा समेत उत्कृष्टता हासिल गरी राष्ट्रिय स्तरमा कलेजको प्रतिष्ठा उच्च बनाएका छन् ।
केही समयअघि सम्पन्न काठमाडौं विश्वविद्यालयको इन्जिनियरिङ प्रवेश परीक्षामा पनि यिनै विद्यार्थीहरूले उच्च स्थानमा उत्तीर्ण भै आफ्नो श्रेष्ठता प्रदर्शन गरेका थिए ।
जस अनुसार प्रविन ढकालले दोस्रो स्थान, प्रनिल न्यौपानेले १२ औं स्थान, स्विकार देवकोटाले ४० औं स्थान प्राप्त गरेका थिए ।
केही दिन अघि मात्र अर्किड कलेजका छात्र सागर ज्ञवालीले चार्टर्ड एकाउन्टेन्ट (सीए) अन्तिम परीक्षामा हालसम्मकै इतिहासमा उच्च अङ्कका साथ नेपाल प्रथम भै इतिहास रच्न सफल भएका छन् ।
विद्यालयका अनुसार विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको मार्गदर्शन र अभिभावकहरूको सहयोगको उत्कृष्ट परिणामस्वरूप यस प्रकारको सफलता सम्भव भएको हो । यस्ता उपलब्धिहरूले केवल चितवन मात्र नभै सम्पूर्ण देशको शैक्षिक क्षितिज उज्यालो बनाइरहेको छ ।
अर्किड कलेजले यो सुखद् अवसरमा भविष्यमा समेत अझ धेरै सफलताको शुभकामना दिँदै, अर्किड कलेजका सम्पूर्ण मेहनती विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेको परिक्षा संयोजक एवम शिक्षक कपिल ज्ञवालीले बताउनु भयो ।





