चितवनका कमल अर्यालको अनुसन्धानपरक कृति `सिलायात्रा´ सार्वजनिक

रत्ननगर, १४ भदौ । लेखक कमल अर्यालको `सिलायात्रा´ सार्वजनिक भएको छ । चितवनका ऐतिहासिक तथा धार्मिक क्षेत्रबारेमा सङ्कलन गरिएका ११ वटा लेख यस सङ्ग्रहमा छन् । लेखक अर्यालका अनुसार चितवनका ऐतिहासिक महत्त्वका क्षेत्रहरूको अनुसन्धानमूलक सामग्री सिलायात्रामा समावेश छन् । यो पुस्तक तथ्य, इतिहास र भावनाको सिलाखोज भएको पनि उनले बताए । लेखक अर्यालका मातापितासहित वाल्मीकि […]

चितवनमा कवि विमलाको एकलवाचन

चितवन, १४ भदौ । कवि विमला तुम्खेवा शुक्रबार साँझ चितवनका कविहरुको माझमा प्रस्तुत भइन् । नेपाली लेखक सङ्घ चितवन शाखाले कवि तुम्खेवाको एकल कविता वाचन राखेको थियो । भरतपुरस्थित होटल अशोकामा आयोजना गरिएको कार्यक्रममा कवि तुम्खेवाले विभिन्न कविताहरु वाचन गरिन् । एउटा कविता यस्तो थियो : जङ्गल जस्तो घर र  तपटेनको आमा    हरेक बिहान धुवाँजस्तो […]

पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’माथि बृहत् विमर्श

काठमाडौँ, १४ भदौ । पत्रकार तथा कथाकार लक्ष्मण वियोगीको कथाकृति ‘सत्यम्’को विमर्श सम्पन्न भएको छ । पुतलीसडकस्थित ग्रीन लिफ रेस्टुरेन्टमा वरिष्ठ साहित्यकार तथा समालोचकहरूले एक कार्यक्रमकाबीच समीक्षा एवम् टिप्पणी गरे । वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराईको सभापतित्व तथा डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आथित्यमा भएको विमर्श कार्यक्रममा प्रा.डा. कुमारप्रसाद कोइरालाले प्रमुख वक्ताको भूमिका निर्वाह […]

चितवनमा स्व. सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवन, १४ भदौ । तेस्रो स्व. सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । चितवन जिला ब्याडमिन्टन संघको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । भरतपुर कभर्ड हलमा सुरु भएको प्रतियोगिताको शनिबार नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे । शनिबार र […]

बागमती प्रदेशका ९ वटा पालिकामा कृषि उपज बजार केन्द्र निर्माण हुने

मकवानपुर, १४ भदौ । बागमती प्रदेश सरकारले प्रदेशका ९ वटा पालिकामा कृषि उपज बजार केन्द्र निर्माण गर्ने भएको छ । प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पालिकाको साझेदारीमा सूचना प्रविधिमा आधारित ९ वटा कृषि उपज बजार केन्द्र स्थापना गर्न लागेको हो । पालिका स्तरमा कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यका साथ पहिलो चरणमा प्रदेशका ९ वटा […]

नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा `बखान´को परिचर्चा कार्यक्रम

ललितपुर, १४ भदौ । नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले लेखक वसन्त पराजुलीको उपन्यास `बखान´ माथि परिचर्चा कार्यक्रम आयोजना गरेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा शनिबार आयोजित परिचर्चा कार्यक्रममा सहभागी कांग्रेस नेता एवम् लेखक साहित्यकारहरुले ऐतिहासिक पात्र बखानसिंह गुरुङले प्रजातान्त्रिक आन्दोलन, सहकारी अभियान एवम् चितवनको बस्तीविकासमा पुर्‍याएको योगदानमा आधारित भएर […]

अर्किड कलेजका विद्यार्थीले राष्ट्रिय स्तरमा ल्याए उत्कृष्ट नतिजा

भरतपुर, १४ भदौ । चितवनको प्रतिष्ठित अर्किड कलेजका होनहार विद्यार्थीहरूले इन्जिनियरिङ अध्ययन संस्थान (IOE) द्वारा यसवर्ष लिइएको देशव्यापी प्रवेश परीक्षामा ११,५०० भन्दा बढी परीक्षार्थीहरू मध्येबाट अद्वितीय सफलता हासिल गर्दै पुनः गौरवशाली इतिहास रच्न सफल भएका छन् । जस अनुसार सोनिक भुसालले २७ औं स्थान, प्रनिल न्यौपानेले ३० औं स्थान, स्विकार देवकोटाले ७३ औं स्थान र […]

इला होटलद्वारा स्वच्छता – हरियाली अभियान अन्तर्गत सडक छेउछाउ सरसफाई

गैंडाकोट, १४ भदौ । पूर्वी नवलपरासीको हर्कपुरमा अवस्थित इला कम्फर्ट होटलले स्वच्छता तथा हरियाली अभियान अन्तर्गत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । गैंडाकोट नगरपालिका- १२, हर्कपुरमा रहेको सो होटलले पूर्वपश्चिम महेन्द्र राजमार्गको डिभाइडर तथा सडक दायाँबायाँ रहेको घाँस, झाडी, बुट्यान काटेर सफा गर्नुका साथै सडकमा भएका प्लास्टिक तथा अन्य फोहोर टिपेर सडक सरसफाई गरेको हो […]

ईक्यान चितवनको स्थापना दिवसमा रक्तदान कार्यक्रम

चितवन, १४ भदौ । शैक्षिक परामर्श संघ नेपाल (ईक्यान) ले २९ औंँ स्थापना दिवस विशेष कार्यक्रममार्फत मनाएको छ । यसै अवसरमा ईक्यान चितवनले भरतपुरस्थित होटल रेड कार्पेटको अगाडिको परिसरमा रक्तदान कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको छ । कार्यक्रमको अध्यक्षता ईक्यान चितवनका अध्यक्ष दीपकचन्द्र भट्टराईले गर्नुभयको थियो । कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका–१ का वडा […]

भरतपुरमा कार दुर्घटनामा परेर डाक्टरको मृत्यु

भरतपुर, १४ भदौ । कार दुर्घटनामा परेर भरतपुरमा एक जना डाक्टरको मृत्यु भएको छ । भरतपुर- १० को विशालचोकमा भएको दुर्घटनामा भरतपुर -२ आँपटारी बस्ने वर्ष २९ का डा. बिप्लब भट्टको मृत्यु भएको हो । रमाईलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किन जाँदा चालक भट्ट […]