चितवनमा स्व. सूर्यप्रसाद श्रेष्ठ स्‍मृति ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवन, १४ भदौ ।
तेस्रो स्व. सूर्यप्रसाद श्रेष्ठ स्‍मृति रनिङ शिल्ड आठौं जिल्ला स्तरीय एकल अन्तर विद्यालय तथा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

चितवन जिला ब्याडमिन्टन संघको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो । भरतपुर कभर्ड हलमा सुरु भएको प्रतियोगिताको शनिबार नेपाल प्रहरीका पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरे ।

शनिबार र आइतबार दुई दिन चल्ने प्रतियोगितामा एकलतर्फ पुरुष र महिला यू १३, १५ र १७ का खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । उमेर समूहतर्फ पुरुष एक सय ११ र महिला ३४ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

यस बाहेक शिक्षक डबल्सतर्फ १४ टोली र वडा स्तरीय पुरुष डबल्सतर्फ ६९ टोली सहभागी रहेको चितवन जिला ब्याडमिन्टन संघले जानकारी दिएको छ । उमेर समूहतर्फ प्रथमले ५ हजार तथा दोस्रोले ३ र तेस्रो हुनेले एक हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

यस्तै वडा स्तरीय पुरुष डबल्सतर्फ प्रथम हुनेले ३०, दोस्रोले २० तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उता शिक्षक डबल्सतर्फ प्रथमले ५ दोस्रोले ३ तथा तेस्रोले २ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट