बागमती प्रदेशका ९ वटा पालिकामा कृषि उपज बजार केन्द्र निर्माण हुने

मकवानपुर, १४ भदौ
बागमती प्रदेश सरकारले प्रदेशका ९ वटा पालिकामा कृषि उपज बजार केन्द्र निर्माण गर्ने भएको छ । प्रदेश कृषि तथा पशुपक्षी विकास मन्त्रालयले पालिकाको साझेदारीमा सूचना प्रविधिमा आधारित ९ वटा कृषि उपज बजार केन्द्र स्थापना गर्न लागेको हो ।

पालिका स्तरमा कृषि उत्पादनको बजारीकरण गर्ने उद्देश्यका साथ पहिलो चरणमा प्रदेशका ९ वटा स्थानीय तहमा कृषि उपज बजार केन्द्र स्थापना हुन लागेको हो । चालु आव २०८२।०८३ मा चितवनको माडी नगरपालिका, दोलखाको भीमेश्वर नगरपालिका, सिन्धुलीको गोलन्जोर गाउँपालिका, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा कृषि उपज बजार केन्द्र स्थापना गरिनेछ । यसैगरी धादिङको थाक्रे गाउँपालिका, ललितपुरको बागमती गाउँपालिका, रामेछापको मन्थली नगरपालिका, काठमाडौंको नागार्जुन नगरपालिका र शंखरापुर नगरपालिकामा पहिलो चरणमा कृषि उपज बजार केन्द्र स्थापना गर्ने मन्त्रालयले जनाएको छ ।

कृषि उपज बजार केन्द्रमा सूचना प्रविधिमा आधारित प्रणाली अनिवार्य रहनेछ भने प्रत्येक बजार केन्द्रमा एक चिस्यान केन्द्र र विषादी अवशेष परीक्षण प्रयोगशाला समेत अनिवार्य हुनेछ । कृषि उपज ढुवानीका लागि कृषि एम्बुलेन्स, ढुवानी सवारी साधनको व्यवस्था गरिनेछ ।

नौ वटा पालिकामा केन्द्र स्थापनाका लागि चालु आवमा ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ । कार्यक्रममा स्थानीय तहको ३० प्रतिशत लागत र बाँकी प्रदेशको सशर्त अनुदान बजेट समावेश गरिने मन्त्रालयले जनाएको छ । कार्यक्रमले कृषि उपज बजारीकरण समस्या समाधान हुने मन्त्रालयको अपेक्षा छ । मन्त्रालयले कार्यविधि निर्माण कार्यक्रम कार्यान्वयन गर्ने जनाएकाे छ । कार्यविधि निर्मांंणकाे प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट