भरतपुरमा कार दुर्घटनामा परेर डाक्टरको मृत्यु

भरतपुर, १४ भदौ ।
कार दुर्घटनामा परेर भरतपुरमा एक जना डाक्टरको मृत्यु भएको छ ।

भरतपुर- १० को विशालचोकमा भएको दुर्घटनामा भरतपुर -२ आँपटारी बस्ने वर्ष २९ का डा. बिप्लब भट्टको मृत्यु भएको हो ।

रमाईलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको रुखमा ठोक्किन जाँदा चालक भट्ट गम्भीर घाइते भएका थिए । उपचारका क्रममा बिहान २ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

bIMAL

संबन्धित शिर्षकहरु

यो पनि हेर्नुहोस

Everest
Medhavi
DR Cycle

सातामा लोकप्रिय

ताजा अपडेट